+

साफ यू-२० च्याम्पियनसिप : ३० खेलाडी दोस्रो चरणको प्रशिक्षणमा

२०८२ फागुन  १३ गते १५:१७ २०८२ फागुन १३ गते १५:१७
साफ यू-२० च्याम्पियनसिप : ३० खेलाडी दोस्रो चरणको प्रशिक्षणमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक प्रशिक्षणबाट ८० खेलाडीबाट ३० खेलाडी छनोट भएका छन्।
  • नेपाल समूह 'ए' मा माल्दिभ्स, भुटान र श्रीलंका सँग परेको छ र मार्च २३ मा भुटानसँग पहिलो खेल खेल्नेछ।
  • प्रतियोगितामा समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् र सेमिफाइनल अप्रिल १ मा, फाइनल अप्रिल ३ मा हुनेछ।

१३ फागुन, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणबाट ५० खेलाडी बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ८० खेलाडी समावेश रहेको प्रारम्भिक चरण प्रशिक्षणबाट खेलाडी संख्या ३० मा झारेका हुन् ।

आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

नेपालले मार्च २३ मा पहिलो खेलमै भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलंका र तेस्रो खेल मार्च २७ मा घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल अप्रिल १ मा फाइनल अप्रिल ३ मा हुनेछ ।

साफ यू-२० च्याम्पियनसीप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय