News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङले आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चअघि २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म ह्यान्ड रेजर अफर सार्वजनिक गरेको छ।
- ग्राहकले प्रि-रिजर्भ गर्दा १ टीबी मेमोरी अपग्रेड र ६० वाट फास्ट चार्जर सुविधा सहित अधिकतम २० हजार ९९९ रुपैयाँसम्म लाभ पाउनेछन्।
- अफर अन्तर्गत ग्राहकले योग्य पुरानो स्मार्टफोन एक्स्चेन्ज गरी नयाँ ग्यालेक्सी एस २३, एस २४, एस २५ र आई डिभाइस १४, १५, १६ मा प्रि-रिजर्भ गर्न सक्नेछन्।
१३ फागुन, काठमाडौं । सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि नै ग्राहकका लागि आकर्षक ह्यान्ड रेजर (प्रि रिजर्भ) अफर सार्वजनिक गरेको छ।
यस अफरमार्फत ग्राहकले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम २० हजार ९९९ रुपैयाँसम्मका विशेष लाभहरू प्राप्त गर्न सक्ने सामसङले जनाएको छ।
‘प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत, ग्राहकले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि-रिजर्भ गर्न सक्नेछन्’ कम्पनीले भनेको छ ।
कम्पनीका अनुसार प्रि-रिजर्भ गर्दा ग्राहकले १ टीबीसम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँ बराबर), ६० वाट फास्ट चार्जर (५ हजार ९९९ रुपैयाँ बराबर) सुविधा लिन सक्ने छन् ।
साथै प्रिरिजर्भमा एक्स्चेन्ज सुविधा समेत पाइने छ । ग्यालेक्सी एस २३, एस २४, एस २५ स्मार्टफोनका साथै आई डिभाइस १४, १५ र १६ मा एक्स्चेन्ज सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
‘यो ह्यान्ड रेजर अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र मान्य हुनेछ’ सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले भने, ‘यस अवधिमा ग्राहकले दर्ता गरी आफ्नो योग्य डिभाइस एक्स्चेन्ज र नयाँ एआई पावर्ड स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन् ।’
प्रतिक्रिया 4