+

न्युजिल्यान्डको शानदार जित, श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो

२०८२ फागुन  १३ गते २२:४५ २०८२ फागुन १३ गते २२:४५
न्युजिल्यान्डको शानदार जित, श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंका आईसीसी टी-२० विश्वकप २०२६ बाट सुपर ८ खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएर बाहिरिएको छ।
  • न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाएको थियो।
  • न्युजिल्यान्डका रचिन रविन्द्रले ४ विकेट लिए भने म्याट हेनरीले २ विकेट लिए र कप्तान मिचेल सान्टनरले १ विकेट लिए।

१३ फागुन, काठमाडौं । सहआयोजक श्रीलंका आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएको छ । बुधबार भएको सुपर ८ को खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो ।

कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रथ्नायकेले १० रन बनाए ।

न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडनसहित ३ रन मात्र दिएर २ विकेट लिए । कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो । राम्रो सुरुवातका बाबजुद मिडल ओभरमा निरन्तर विकेट गुमाएपछि न्युजिल्यान्ड ८४-६ को खराब अवस्थामा पुगेको थियो ।

कप्तान मिचेल सान्टनर र कोल मेकोन्ची मिलेर सातौं विकेटका लागि ८४ रनको शानदार साझेदारी गरे । सान्टनर २६ बलमा ४७ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । मेकोन्ची २३ बलमा ३१ रनमा अविजित रहे ।

रचिन रविन्द्रले ३२ तथा फिन एलेनले २८ रन बनाए । ग्लेन फिलिप्सले १८ रन बनाए ।

श्रीलंकाका लागि महीश थिक्साना र दुश्मान्था चमीराले ३-३ तथा दुनिथ वेलालगेले १ विकेट लिए ।

श्रीलंका यसअघि इंग्ल्यान्डसँग पराजित भएको थियो । आजको हारपछि श्रीलंका बाहिरिने पक्का भएको हो । लगातार दुई हारपछि ग्रुप टु मा श्रीलंका अंकविहिन छ । सन् २०१४ मा टी-२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन ।

पहिलो जित निकालेको न्युजिल्यान्ड ३ अंकसहित यस ग्रुपमा दोस्रो स्थानमा छ र सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । दुवै खेल जितेर ४ अंक जोडेको इंग्ल्याण्ड पहिलो स्थानमा छ र सेमिफाइनलमा पुगिसकेको छ । अब न्युजिल्यान्ड अन्तिम खेल शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ र उक्त खेल जितेमा सेमिफाइनल पुग्नेछ । यदी पराजित भएका पनि अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएमा न्युजिल्यान्ड सेमिफाइनल पुग्नेछ ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय