+
+
Shares

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ।
  • अघिल्लो दिन सुनको भाउ ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ५ हजार ७२५ रुपैयाँ पुगेको छ।

१४ फागुन, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?