१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले जेनजी आन्दोलनको विषयमा एमालेको भनाइप्रति आपत्ति जनाएका हुन् ।
‘फागुन २१ को चुनाव आउन केही दिनमात्रै बाँकी छ । यो चुनाव यसरी आउँछ कल्पना पनि थिएन । चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरी चुनावको परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको छ । यहाँ कांग्रेसबारे संसय उत्पन्न गर्न खोजिएको छ । चुनावमा यो सरकारलाई पनि साथ दिएर ट्रयाकमा ल्याएर छोड्,’ उनले भने, ‘
फागुन २१ को चुनावको सन्दर्भमा भाद्र २३ र २४ को घटनालाई नेपालमा भिन्न दृष्टिकोण छ ।’
उनले नेकपा एमालेले भदौ संसद् भवन पहिले जलेको र त्यसपछिमात्रै गोली चलेको भनेको भनाइप्रति र जेनजी आन्दोलनबारे चुपचाप बसेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरे । ‘यसमा दुई वटा प्रवृत्ति छ । एउटा इन्कार गर्छ । र भन्छ – भदौ २३ गते र २३ गतेअगाडि देश ठिकठाक थियो । सब ठिकठाक छ सबले दूधभत खाएका थिए । केही बिग्रेको छैन,’ उनले भने, ‘अर्को प्रवृत्ति छ – बोल्दैन, भन्दैन । तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो । नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ ।’
प्रतिक्रिया 4