+
+
Shares

पाकिस्तानका प्रधानमन्त्रीले भने- देशको रक्षामा कुनै सम्झौता हुँदैन, आक्रमणको उचित जवाफ दिइन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १२:४९

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले देशको रक्षामा कुनै सम्झौता नगर्ने र कुनै पनि आक्रमणको उचित जवाफ दिने बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानले सधैं शान्तिलाई प्रवर्द्धन गरेको छ, तर देशको अखण्डतामा सम्झौता गरिने छैन र पाकिस्तानी सेनाले कुनै पनि आक्रमणको दृढतापूर्वक सामना गर्नेछ ।

आफ्नो बयानमा शाहबाज शरीफले पाकिस्तानी सेना कुनै पनि आन्तरिक र वाह्य चुनौतीको सामना गर्न सक्षम रहेको पनि बताए।

पाकिस्तान र अफगान तालिबानबीच सीमामा झडप जारी छ, दुवै पक्षले ठूलो क्षति भएको दाबी गरेका छन्। यद्यपि, यी दावीहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न गाह्रो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?