१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफू रवि लामिछाने भएकै कारण धेरै बोल्नु परेको टिप्पणी गरेका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन् । चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन्,’ लामिछानेले भने, ‘म परे रवि लामिछाने, अलिअलि नघोची हुँदैन ।’
आफूलाई टुच्च टुच्च नघोचे आफू चुप लाग्ने उनले बताए । ‘ठाउँ ठाउँबाट घोचिरहन्छन्, अनि दिइरहनुपर्छ,’ उनले भने ।
आफूमाथि प्रमाण छ भनिएको ६५८ दिन भएको उनले बताए । ‘चाहिएन प्रमाण भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो । मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपार्ईँहरूलाई थाहै होला । मैले त्यसको जवाफ दिएको थिएन,’ उनले भने, ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो २१ गते मत पत्रमा देखाइदिनुहोला ।’
प्रतिक्रिया 4