+
+
Shares

कार्यकर्तालाई गगनको निर्देशन- फेसबुक होइन, गोडा चलाऔँ

‘ठेकेदारलाई रुखमा झुन्डाएर हुन्न, कानुन बनाउनुपर्छ’

खेमराज गौतम खेमराज गौतम
२०८२ फागुन १५ गते २१:४३

१५ फागुन, बागलुङ । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा समय खेर नफालेर मतदाताको घर-घरमा पुग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार बागलुङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फेसबुकभन्दा बढी गोडा चलाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सभापति थापाले अरूलाई सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्ने, अराजक गतिविधि गर्ने, आक्षेप लगाउने समयमा कार्यकर्ताको घरमा पुग्ने र आफ्ना कुरा राख्न आह्वान गर्दै यो पाँच वर्षलाई खेर नफाल्न आमजनतामा अपिल गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको अभिव्यक्तिको सभापति थापाले बागलुङ पुगेर पनि टिप्पणी गरे । ‘समयमा निर्माण नसक्ने ठेकेदारलाई रुखमा झुन्ड्याएर हुन्न । ४१ वटा कानुनका जटिलता हटाउन आवश्यक छ,’ उनले भने ।

आन्दोलनका बेला ठुलो क्षति हुन नदिएको बताउँदै थापाले त्यसका लागि बागलुङका जेनजीलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?