+

राष्ट्रिय लिग फुटबलमा ह्‍याट्रिक गर्ने खेलाडीहरू

२०८२ फागुन  १६ गते १२:१७ २०८२ फागुन १६ गते १२:१७
राष्ट्रिय लिग फुटबलमा ह्‍याट्रिक गर्ने खेलाडीहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा यसै साता तीन विदेशी खेलाडीले ह्याट्रिक गरेका छन् जसमा पापा इबोउ केबे, अब्दुल युसुफ हाउ र रिचर्ड छन्।
  • पापा इबोउ केबेले ११ फागुनमा संकटा क्लबविरुद्ध, अब्दुल युसुफ हाउले १३ फागुनमा कांक्रेविहार क्लबविरुद्ध र रिचर्डले १५ फागुनमा चित्लाङ एफसीविरुद्ध ह्याट्रिक गरेका थिए।
  • राष्ट्रिय लिगमा एपीएफ एफसी ७ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा छ भने लालिगुराँस एसोसिएसन दोस्रो र प्लानिङ ब्वाइज युनाइटेड तेस्रो स्थानमा छन्।

१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा यसै साता चार ह्‍याट्रिकको संयोग जुर्‍यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा त्यसअघि जम्मा एक मात्र ह्‍याट्रिक भएको थियो ।

चर्चा ब्वाइज युनाइटेडका मिलन राईले जारी राष्ट्रिय लिगमा पहिले ह्‍याट्रिक गरेका थिए । तर एकै सातामा चार ह्‍याट्रिक सम्भव भयो ।

प्लानिङ ब्वाइज युनाइटेडका पापा इबोउ केबे, लालिगुँरास एसोसिएसनका अब्दुल युसुफ हाउले, संकटा क्लबका रिचर्ड र श्री भगवती क्लबका सुजल डंगोलले यस साता ह्‍याट्रिक गरे ।

संयोगले यी तीनै विदेशी खेलाडी हुन् । यसअघि नेपाल सुपर लिग खेल्दै उपाधि नै जितिसकेका पापा फ्रेन्च फरवार्ड हुन् भने अब्दुल तान्जानियाली फरवार्ड हुन् । यस्तै रिचर्ड नाइजेरियन फरवार्ड हुन् ।

राष्ट्रिय लिगको पहिलो ह्‍याट्रिक चर्च ब्वाइजका मिलन राईले नव जनजागृति युवा क्लब विरुद्ध गरेका थिए । १६ माघमा एन्फा कम्प्लेक्समा भएको लिगको ३५औं खेलमा उनले तीन गोल गरे । मिलनले २०औं, ४१औं र ६१औं मिनेटमा गोल गरेका थिए । उक्त खेल चर्च ब्वाइजले ६-१ ले जितेको थियो ।

यस्तै दोस्रो ह्‍याट्रिक हेर्नका लागि केही समय कुर्नुपर्‍यो । मोफसलमा भएका गोल्डकपको ब्रेकपछि फेरि सुरु भएको राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडका फ्रेन्च फरवार्ड पापा इबोउ केबेले ११ फागुनमा भएको संकटा क्लब विरुद्धको खेलमा गोल गरे ।

एन्फा कम्प्लेक्समै भएको उक्त खेलमा केबेले १९औं मिनेटमा पहिलो गोल गरेका थिए । खेलको अन्तिम दस मिनेटमा (८२औं र ९०औं मिनेट) दुई गोल थप्दै उनले ह्‍याट्रिक पूरा गरेका थिए ।

त्यसको दुई दिनपछि कास्कीको लालिगुराँस एसोसिएसनका अब्दुल हाउलेले सुर्खेतको कांक्रेविहार क्लबविरुद्ध ह्‍याट्रिक गरे । अब्दुलले पछिल्लो दुई खेलमै पाँच गोल गरिसकेका छन् । लिग ब्रेक हुनुअघि २३ माघमा सातदोबाटो युथ क्लबविरुद्ध पनि उनले दुई गोल गरेका थिए ।

यो लिगको ५५औं खेल थियो र राष्ट्रिय लिग अन्तर्गत दशरथ रंगशालमा पहिलो ह्‍याट्रिक थियो । अब्दुल युसुफ हाउलेले ३७औं ५५औं र ५६औं मिनेटमा गोल गरेका थिए । उनकै ह्‍याट्रिकमा लालिगुराँस ४-१ ले विजयी भएको थियो ।

यसको दुई दिनपछि अर्को ह्‍याट्रिक भयो । संकटा क्लबका रिचर्ड रिचर्ड चुक्वुडालु ओनयमाले १५ फागुनमा एन्फा कम्प्लेक्समा भएको चित्लाङ एफसी विरुद्धको खेलमा ह्याट्रिक गरे ।

रिचर्डले खेलको पहिलो मिनेटमै गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी टाइममा दोस्रो तेस्रो ७५औं मिनेटमा तेस्रो गोल गर्दै ह्‍याट्रिक पूरा गरे ।

रिचर्डकै ह्‍याट्रिकमा संकटाले चित्लाङ एफसीलाई ४-० ले हराएर राष्ट्रिय लिगमा दोस्रो जित निकालेको हो ।

श्री भगवती क्लबका सुजन डंगोलले शनिबार कांक्रेविहार क्लबविरुद्ध ह्याट्रिक गरे । उनले अन्तिम समयमा ह्याट्रिक गरे । सुजनले ८७औं ८९औं र इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे । यस राष्ट्रिय लिगको यो सबैभन्दा छिटो ह्याट्रिक हो ।

एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल पुगेका ४ गरी कूल १७ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग करिब आधा नजिक पुग्दा अहिलेसम्म विभागीय टोलि एपीएफ एफसी, लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसी अपराजित छन् । अपराजित टोलीमध्ये एपीएफ ७ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा छ भने लालिगुराँस ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को अपराजित क्लब मछिन्द्रले ६ खेल मात्र खेलेको छ र १६ अंकसहित चौथो स्थानमा छ ।

८ खेल खेलिसकेको प्लानिङ ब्वाइज १७ अंकसहित तेस्रोमा छ । प्लानिङले एक खेलमा हार बेहोरेको थियो ।

यस्तै एनआरटी ८ खेलबाट १५ अंकसहित पाँचौ र त्रिभुवन आर्मी एफसी ७ खेलबाट १४ अंकसहित स्थानमा छ । चर्च ब्वाइज युनाइटेड ६ खेलबाट १३ अंकसहित सातौं स्थानमा छ ।

बाराको नव जन जागृति युवा क्लब र सुर्खेतको कांक्रेविहार क्लबले ७ खेल खेल्दासम्म जित हात पार्न सकेको छैन । कांक्रेविहारले एक बराबरीबाट जम्मा १ अंक जोड्दा नव जन जागृति सबै खेलमा पराजित हुँदा अंकविहिन छ ।

राष्ट्रिय लिग फुटबल ह्याट्रिक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय