१६ फागुन, काठमाडौं । इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् ।
इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अल जजिराले जनाएको छ ।
शनिबार इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेका छन् ।
इरानले पनि प्रतिआक्रमण सुरू गरेको छ ।
इजरायली सेना (आइडीएफ) ले इरानमाथि थालेको आक्रमण अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ । यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4