News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी क्षेप्यास्त्रहरूले इजरायलका विभिन्न क्षेत्रमा आगलागी गराएका छन् र देशका विभिन्न क्षेत्रमा छिटपुट क्षति पुगेको छ।
- इरानले इजरायलतर्फ क्षेप्यास्त्रको नयाँ शृङ्खला प्रहार गरेको अर्ध-सरकारी समाचार एजेन्सी 'तस्निम'ले जनाएको छ।
- इजरायलमा साइरन बजेपछि मानिसहरू बम सेल्टर र सुरक्षित कोठामा लुक्न पुगेका छन् र इन्टरसेप्टरहरूले आकाशमै विस्फोट गरिरहेका छन्।
१६ फागुन, काठमाडौं । इरानी क्षेप्यास्त्रहरूले इजरायलका विभिन्न क्षेत्रमा आगलागी गराउनुका साथै देशका विभिन्न क्षेत्रमा छिटपुट क्षति पुर्याएको छ । समाचार संस्था अलजजिराका अनुसार, इजरायलीहरू बम सेल्टर (आश्रयस्थल) तर्फ दौडिएका थिए।
थप आक्रमणलाई रोक्न प्रयास गरिरहेका इन्टरसेप्टरहरू (प्रतिरक्षा प्रणाली) तेल अवीभ र अन्य सहरहरूको आकाशमै विस्फोट भइरहेको पनि देखिएका भिडियो क्लिपहरूलाई अलजजिराले प्रकाशन गरेको छ ।
अलजजिराकै अनुसार, इरानले इजरायलतर्फ क्षेप्यास्त्रको नयाँ शृङ्खला प्रहार गरेको छ । इरानको अर्ध-सरकारी समाचार एजेन्सी ‘तस्निम’ले उक्त जानकारी दिएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार, इरानबाट क्षेप्यास्त्र प्रहार हुन लागेको चेतावनी दिने साइरन बजेपछि इजरायलमा मानिसहरू हतार-हतार सार्वजनिक तथा निजी बम सेल्टर र आफ्ना घरभित्रका सुरक्षित कोठाहरूमा लुक्न पुगेका छन्।
क्षेप्यास्त्रको यो निरन्तर प्रहारले दशकौंदेखि इरानसँग युद्धको तयारी गरिरहेको देशमा सुरक्षित स्थानहरूको अभावलाई पनि उजागर गरिदिएको न्युयोर्क टाइम्सले जनाएको छ ।
प्रतिक्रिया 4