+
+
Shares

सिरहाका विभिन्न स्थानबाट दलको लोगो र उम्मेदवारको तस्वीर अंकित टी-सर्ट बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १२:४८

१७ फागुन, सिरहा । सिरहा बजार क्षेत्रका विभिन्न पसलबाट करिब ७ सय थान टी–सर्ट प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार निर्वाचन नजिकिँदै जाँदा पार्टीको लोगो र उम्मेदवारको अनुहार अंकित टी–सर्ट बिक्री–वितरणका लागि राखिएको सूचना प्राप्त भएपछि संयुक्त रूपमा अनुगमन गरिएको थियो । सोही क्रममा लहान, कर्जन्हा र सदरमुकाम आसपासका पसलबाट ती सामग्री बरामद गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले होली पर्वको अवसर पारेर प्रचार सामग्रीका रूपमा टी–सर्ट छापी वितरण गर्न लागिएको विभिन्न स्रोतबाट सूचना आएको बताए।

निर्वाचनको मुखमा मतदातालाई विभिन्न कोणबाट प्रभावित पार्ने गतिविधि हुन सक्ने भएकाले हामीले निगरानी बढाएको उनले बताए।बरालका अनुसार निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका प्रचार सामग्री नियन्त्रण गरिने र यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रशासनका अनुसार,नियन्त्रणमा लिएको टी-सर्टमा नेकपा,नेकपा एमाले, जसपा, रास्वपा, जनमत, नेपाली कांग्रेस पार्टी लगायत रहेको छ ।

प्रशासनले व्यवसायी तथा राजनीतिक दललाई कानुन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?