१७ फागुन, काठमाडौं । विगतका अभ्यास जस्तै यस पटक पनि सुरक्षा प्रोटोकल अनुसार सेनाको सहभागीतामा मतपेटिका गणनास्थलसम्म हुने नेपाली सेनाले बताएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसारकै प्रोटोकल अनुसार सेनाले मतपेटिका ढुवानी गर्ने बताएको छ ।
जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरूकै सहभागीतामा सेनाको टोलीले मतगणनास्थलसम्म मतपेटिका ढुवानी गर्ने बताएको छ ।
सैनिक मुख्यालय जंगी अड्डाले आइतबार एक विज्ञप्ती जारी गर्दै यसबारे प्रष्ट पारेको हो ।
२०४८ साल यताका सबै निर्वाचनहरुमा नेपाली सेना परिचालन भइ मतपत्र छपाई स्थलको सुरक्षा, सबै जिल्लाहरुमा मतपत्र ढुवानी, तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्दै आएको सेनाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4