+
+
Shares

रास्वपालाई लक्षित गर्दै विश्वप्रकाशले भने- सिकारुलाई देश हाँक्न दिन हुँदैन

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एक अनुभवी प्रधानमन्त्रीले सरकार हाँकेको बेला लोकतन्त्रको गाडी दुर्घटना गराए भनेर सिकारूका हातमा गाडीको स्टेयरिङ सुम्पिन नहुने टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १७:२०

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एक अनुभवी प्रधानमन्त्रीले सरकार हाँकेको बेला लोकतन्त्रको गाडी दुर्घटना गराए भनेर सिकारूका हातमा गाडीको स्टेयरिङ सुम्पिन नहुने टिप्पणी गरेका छन् ।

ओखलढुंगा र उदयपुरमा सोमबार आयोजित चुनावी सभाहरूमा उनले पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ ईंगित गर्दै यस्ते टिप्पणी गरेका हुन् ।

‘कसले जित्ने दोस्रो प्रश्न, कसले सम्हाल्न सक्छ मुल प्रश्न हो,’ उपसभापति शर्माले भने, ‘एक अनुभवी प्रधानमन्त्रीले सरकार हाँकेको बेला लोकतन्त्रको गाडी दुर्घटना गराए भनेर सिकारुका हातमा गाडीको स्टेयरिङ सुम्पिनु हुन्न ।’

शर्माले आँधी आएको बेला सिकारूले नाउ चलाए डुब्न सक्ने हेक्का राख्नु पर्नेमा जोड दिए । ‘नयाँ हेर्ने भन्ने नाममा ०६४ को गल्ति देशले दोहो¥याउनु हुन्न, आज देशलाई ०७० को झैं विवेक चाहिएको छ,’ उनले भने, ‘आँधी आएको बेला सिकारूले नाउ चलाए फेवातालमा नाउ डुब्न सक्छ भन्ने परिपक्वता हामीले राख्नु छ ।’

उपसभापति शर्माले देशलाई अनुभवसँगै उर्जा, भिजन, स्पिरिट र संयम भएको नेतृत्व चाहिएकाले कांग्रेसले सभापति गगनकुमार थापालाई अघि सारेको पनि बताए ।

‘आज देशलाई अनुभवसँगै उर्जा, उर्जासँगै नयाँ भिजन, भिजनसँगै टिम स्पिरिट अनि टिम स्पिरिटसँगै संयम भएको नेतृत्व चाहिएको छ,’ शर्माले भने, ‘त्यस्तो नेतृत्वका रूपमा हामीले सभापति गगन थापालाई अघि सारेका छौं । मतदाताको एक–एक मतको विश्वास हामी खण्डित हुन दिने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?