+
+
Shares

‘आबाट आमा’ बन्यो २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १३:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्र पन्त निर्देशित 'आबाट आमा' २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म बनेको छ र यसको कुल ग्रस कलेक्सन १२ करोड ३९ लाख ८९ हजार २३ रुपैयाँ पुगेको छ।
  • 'आबाट आमा' ले अनमोल केसी स्टारर 'जेरी अन टप' को १२ करोड २६ लाख ६ हजार २४० रुपैयाँको कमाइ उछिनेको छ र ४ लाख ६९ हजार ४१४ टिकट विक्री भएका छन्।
  • निर्माताले 'आबाट आमा' को दोस्रो श्रृंखला निर्माणको घोषणा गरिसकेका छन् र २०८२ सालमा सर्वाधिक कमाउने फिल्म 'परान' १७ करोड ८४ लाख ४७ हजार ५७६ रुपैयाँ कमाएको छ।

काठमाडौं । चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म बनेको छ । मंगलबार मध्यान्हसम्म यो फिल्मको कुल ग्रस कलेक्सन १२ करोड ३९ लाख ८९ हजार २३ रुपैयाँ छ ।

सोही अवधिसम्म यसका ४ लाख ६९ हजार ४१४ टिकट विक्री भएका छन् । यो फिल्मले अनमोल केसी स्टारर ‘जेरी अन टप’ को कमाइ (१२ करोड २६ लाख ६ हजार २४० नेरु ग्रस) लाई समेत उछिनेको छ ।

यति हुँदा पनि, ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा धेरै कमाउने फिल्म चाहिँ बनिसकेको छैन । उनको अघिल्लो फिल्म ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाएको थियो ।

मल्टिस्टारर फिल्म आबाट आमामा विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेलको पनि अभिनय थियो । निर्माताले यो फिल्मको दोस्रो श्रृंखला निर्माणको घोषणा गरिसकेका छन् ।

२०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म चाहिँ ‘परान’ हो जसले १७ करोड ८४ लाख ४७ हजार ५७६ नेरु ग्रस कमाएको थियो । अर्को फिल्म ‘ऊनको स्विटर’ ले १० करोडको आँकडा पार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?