+
+
Shares

पानीको विषयमा विवाद

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पानीको विषयमा विवाद निम्तिएको छ । साविकको निर्मलीडाँडा–४ सिंगानेमा रहेको कागेथला मुहानको पानीको विषयमा किचलो सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पानी कटौतीको विषयमा विवाद भएको छ।
  • सिंगाने बर्खेडाँडाका ७ उपभोक्ताले फागुन १९ गते वडा कार्यालयमा न्याय खोजेका छन्।
  • वडाध्यक्ष दिनेश कठेतले दुबैपक्षलाई छलफलमा राखेर न्याय दिलाउने र निर्वाचन आचारसंहिता विपरित गतिविधि गरे कानुन अनुसार कारबाही गरिने बताए।

१९ फागुन, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पानीको विषयमा विवाद निम्तिएको छ । साविकको निर्मलीडाँडा–४ सिंगानेमा रहेको कागेथला मुहानको पानीको विषयमा किचलो सुरु भएको हो ।

कागेथला मुहानको पानी कटौती गरिएको भन्दै सिंगाने बर्खेडाँडाका ७ उपभोक्ता न्याय खोज्दै फागुन १९ गते वडा कार्यालय पुगेका छन् ।

विगत १२ वर्षदेखि प्रयोग गर्दैआएको पानीको पाइपलाई काँटीले छेडेर बीचैमा पानी खसाइएको उपभोक्ता बाचनप्रसाद ढकालले बताए ।

कागेथला मुहान स्थानीय शिक्षक शंकरमान खत्रीको भोकाधिकारभित्रको जग्गामा पर्छ । खत्रीले फागुन १६ गते पाईप छेडेर एक धारा पानी अर्कैतिर दिएको निवेदनमा उल्लेख छ । उपभोक्ताका अनुसार जोराखरडाँडामा पाईप छेडेर एक धारा खसाइएको छ ।

सहमती विपरित पानी कटौती हुँदा पानीको अभाव भएको बर्खेडाँडाबासीको गुनासो छ । शिक्षक खत्रीले भने पानी ‘बन्द’ गरिदिएको नभै एक घरका लागि पाईप छेडेर धारा खसाइएको प्रतिक्रिया दिए ।

तत्कालिन गाबिसले उपलव्ध गराएको बजेटबाट २०७१ साल जेठ १९ गते कागेथला मुहानको पानी बर्खेडाँडामा लगिएको थियो । सो मुहानको पानी बाचनप्रसाद ढकाल, उद्धवप्रसाद ढकाल, चिरञ्जिवी ढकाल, पुष्पलाल ढकाल, भिममायाँ ढकाल, गोपाल ढकाल र डम्बरबहादुर चौहानले उपयोग गर्दैआएका छन् ।

चुनावको मुखमा पाईप छेडेर धारा खसाल्नु र पानी कटौती गरिनुलाई कतिपयले राजनितीक स्वार्थसँग जोडेर पनि टिप्पणी गरिरहेका छन् । पानी कटौतीको विषयमा कतिपयले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । यस्तै, बर्खेडाँडाका उपभोक्ताले २०४० सालदेखि उपभोग गर्दै आएको उवारेधारा पँधेरो खोला मुहानको पानी उपयोगमा पनि वाधा गर्न खोजिएको भन्दै निकास खोज्न वडा कार्यालयलाई आग्रह गरेका छन् ।

निवेदनका विषयमा दुबैपक्षलाई छलफलमा राखेर पिडितलाई न्याय दिलाउने वडाध्यक्ष दिनेश कठेतले प्रतिक्रिया दिए । शिक्षक खत्रीले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेकाले कानुन अनुसार कारबाही अघि बढाइने वडाध्यक्ष कठेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?