+
+
Shares

निर्वाचन सुरक्षा : रौतहटमा नेपाली सेनाको हवाई गस्ती

सम्भावित जोखिमलाई मध्यनजर गर्दै संवेदनशील तथा अति संवेदनशील मतदान स्थलहरूमा निगरानी बढाइएको सेनाकाे नारायणदल गणले जनाएको छ ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ फागुन १९ गते २०:५२

१९ फागुन, रौतहट । प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा तैनाथ नेपाली सेनाको नारायणदल गणले निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ ।

जिल्लाभर शान्ति सुरक्षा कायम राख्न सेनाले हवाई गस्ती समेत सञ्चालन गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै संवेदनशील तथा अति संवेदनशील मतदान स्थलहरूमा निगरानी बढाइएको नारायणदल गणले जनाएको छ ।

सेनाका अनुसार मतदानस्थल तथा आसपासका क्षेत्रमा ‘माइन प्रोटेक्टेड भेहिकल’ अन्य सवारी साधन, मोटरसाइकल तथा पैदल गस्तीमार्फत सुरक्षा उपस्थिति मजबुत बनाइएको छ । आवश्यक परेमा बख्तरबन्द सवारी साधनसमेत परिचालन गरिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।

जिल्लाभर भयरहित वातावरण सिर्जना गर्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार संयुक्त रूपमा सुरक्षा गस्ती तथा निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालले आम मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?