के खानुहुन्छ, जीवनशैली कस्तो छ, उमेर कति छ, शारीरिक र मानसिक स्वास्थ्य तथा सोच्ने तरिकादेखि महसुस गर्ने सम्मलाई प्रभावित गर्ने कुरा भनेको खाना हो, अर्थात् पोषण सम्बन्धी छनोटहरू । यी छनोटहरूले पेट र मस्तिष्क दुवैको स्वास्थ्य राम्रो बनाउँछन् । यदि शारीरिक र मानसिक दुवै रूपमा राम्रो महसुस गर्न चाहने हो भने हरेक दिन बुद्धिमानीपूर्वक खानुपर्छ ।
खानामा पर्याप्त अन्न, फलफूल र तरकारीहरू, पर्याप्त प्रोटिन र क्याल्सियम समावेश गर्नुपर्छ । साथै स्वास्थ्यवर्धक तेल छान्ने, शरीरलाई हाइड्रेटेड राख्ने र आफ्नो स्वास्थ्यको राम्रो ख्यान गर्नु पनि महत्वपूर्ण हुन्छ ।
हाम्रो खानाले काम गर्ने, हिँड्ने, सोच्ने, बढ्ने र शरीरको मर्मत गर्नका लागि इन्धनको रूपमा काम गर्छ । तर स्वस्थ रहन र राम्रो महसुस गर्नका लागि बुद्धिमानीपूर्वक खानु एउटा कला हो । यसका लागि खानाको सही मात्रा, गुणस्तर र प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो, खनिज तथा भिटामिनहरूको सही सन्तुलन आवश्यक हुन्छ । राम्रो कार्बोहाइड्रेट र नराम्रो कार्बोहाइड्रेट, राम्रो चिल्लो र नराम्रो चिल्लोबीच सही सन्तुलन पनि आवश्यक हुन्छ । यसका लागि सन्तुलित आहार लिनु राम्रो विकल्प हुन सक्छ ।
सन्तुलित आहार भनेको के हो ?
सन्तुलित आहार भनेको एउटा यस्तो आहार हो जसले समग्र स्वास्थ्यका लागि आवश्यक पोषक तत्वहरू प्रदान गर्छ । जस्तै भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट र म्याक्रोन्यूट्रिएन्टहरू काब्र्स, प्रोटिन, चिल्लो र फाइबर । आफ्नो आहारमा ताजा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ । प्रशोधित तथा जंक फुडबाट टाढा रहनुपर्छ । सन्तुलित आहारको उद्देश्य शरीरलाई ऊर्जावान राख्नु, यसको विकासमा सहयोग गर्नु, रोग प्रतिरोधी क्षमता बढाउनु र रोगहरूबाट जोगाउनु हो ।
सन्तुलित आहार कस्तो हुनुपर्छ ?
सन्तुलित आहारमा प्रशस्त फाइबर, मिनरल्स र भिटामिनहरू समावेश हुनुपर्छ । खानामा चिनी र चिल्लोयुक्त पदार्थ कम हुनुपर्छ । फाइबरयुक्त आहारका लागि अंकुरित अन्न, मोटा अन्न जस्तै कोदो, फापर, जौ, काँचो तरकारीहरू समावेश गर्नुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ताकि शरीरबाट विषाक्त पदार्थहरू बाहिर निस्कियोस् ।
सन्तुलित आहारका लागि दूध, दही, एन्टिअक्सिडेन्टयुक्त खानेकुरा पनि समावेश गर्नुपर्छ । शरीरलाई स्वस्थ राख्न भिटामिन सी, डी, बी१२ को पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन डीले क्याल्सियम अवशोषण गर्छ, जसले नङ, छाला चम्किलो बनाउन आदि राम्रो प्रभाव पार्छ ।
कति क्यालोरी चाहिन्छ ?
कुन व्यक्तिलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा उसको दिनचर्या, उमेर र लिंगमा निर्भर गर्छ । पुरुषहरूलाई महिलाको तुलनामा बढी क्यालोरी चाहिन्छ । यदि शारीरिक गतिविधि कम छ भने कम क्यालोरीयुक्त खाना खानुपर्छ ।
यदि हामी आफ्नो शरीरलाई स्वस्थ र सुडौल राख्न चाहन्छौं भने जति खान्छौं, उति नै सक्रिय पनि हुनुपर्छ, अर्थात् जति क्यालोरी लिन्छौं, उति नै बर्न पनि गर्नुपर्छ । उमेरको हरेक चरणमा पौष्टिक तथा सन्तुलित आहारले शरीरमा फरक–फरक प्रभाव पार्छ ।
सन्तुलित आहारका फाइदाहरू
१.तौल व्यवस्थापनमा सहयोग
सन्तुलित भोजनले अतिरिक्त क्यालोरी बिना आवश्यक पोषक तत्व दिन्छ, जसले शरीरको तौल नियन्त्रणमा राख्छ ।
२.रोगबाट टाढा राख्छ
पोषक तत्वले भरिएका खानेकुराले कार्डियोभास्कुलर रोग, टाइप २ मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरूको जोखिम कम गर्छ ।
३.ऊर्जा स्तर बढाउँछ
सन्तुलित आहारले शरीरलाई उचित पोषण दिन्छ र ऊर्जा स्तर बढाउँछ, जसले काम गर्ने क्षमता बढ्छ ।
४.तनाव कम गर्छ
पौष्टिक आहारले मानसिक स्वास्थ्य राम्रो राख्छ, जसले मूड स्विङ, डिप्रेसन, चिन्ता र संज्ञानात्मक गिरावटको जोखिम कम गर्छ ।
५.पाचन तन्त्र राम्रो हुन्छ
प्रोटिन, आइरन, भिटामिन (विशेष गरी सी, ए, ई), ओमेगा–३ फ्याटी एसिड, जिंक र सेलेनियमयुक्त आहारले पूरै शरीर स्वस्थ राख्छ ।
बच्चाहरूका लागि सन्तुलित आहारका फाइदाहरू
सन्तुलित आहारले बच्चाहरूमा धेरै फाइदा दिन्छ जसले शरीरको समग्र स्वास्थ्य र विकासमा सहयोग गर्छ । शरीरको सर्वाङ्गीण विकासका लागि चाहिने पोषक तत्वहरू सन्तुलित भोजनबाट नै मिल्छन् । पोषक तत्वले भरिएको यो खानाले रोगप्रतिरोधि क्षमता मजबुत बनाउँछ, जसले बच्चाहरूलाई संक्रमण र रोगसँग लड्न मद्दत गर्छ । उचित पोषणले संज्ञानात्मक कार्यलाई समर्थन गर्छ, जसले राम्रो एकाग्रता, स्मृति र शैक्षिक प्रदर्शनमा सुधार ल्याउँछ ।
सन्तुलित आहार कायम राख्नका लागि केही खानेकुराबाट बच्नु आवश्यक छ । जस्तै: प्रशोधित खानेकुरा, जंक फुड, मीठा जुस, कोल्ड ड्रिंक्स, अतिरिक्त चिनी, धेरै सोडियम (नुन) र क्यालोरीले भरिएका तथा पेय पदार्थहरूको सेवनबाट बच्नुपर्छ तारेको र प्रशोधित खानेकुरामा ट्रान्स फ्याट हुन्छ जसले मुटु रोगको जोखिम बढाउँछ, यिनबाट पनि बच्नुपर्छ ।
महिलाहरूका लागि सन्तुलित भोजन
महिलाहरूले घरदेखि अफिससम्म जिम्मेवारी निर्वाह गर्नुपर्छ । उनीहरू आफैं पूर्ण रूपमा फिट र बलियो रहनु आवश्यक छ । यसका लागि उनीहरूको खानपान सही र पौष्टिकयुक्त हुनु अति आवश्यक छ । आफ्नो उमेर अनुसार आहार छान्नुपर्छ ।
२० देखि ३५ वर्षको उमेर विकासको हुन्छ, यस उमेरमा प्रोटिनयुक्त, कार्बोहाइड्रेट जस्तै: गहुँ, चामल, कोदो, जौँ, फापर, ड्राई फ्रुट्स, नट्स, घिउ आदि समावेश गर्नुपर्छ । ४० देखि ५० वर्षको उमेरमा महिलाको शरीरमा हर्मोनल परिवर्तन आउँछ । इन्सुलिन लेभलमा परिवर्तन हुन्छ र हड्डी सम्बन्धी समस्या सुरु हुन्छन् । यसका लागि बढी फाइबरयुक्त हरियो तरकारी, क्याल्सियमयुक्त खानेकुरा र नट्स खानामा समावेश गर्नुपर्छ ।
उमेर जे भए पनि, शरीरका आवश्यक कार्यका लागि सबै पोषक तत्व सुनिश्चित गर्नु, ऊर्जा स्तर कायम राख्नु, वजन नियन्त्रण गर्नु, रोगबाट जोगाउनु र मानसिक स्वास्थ्य राम्रो बनाउन सन्तुलित आहारको महत्वपूर्ण भूमिका हुन्छ ।
सिजनल र लोकल खानेकुरा खानुपर्छ
सधैं सिजनल फलफूल र तरकारीहरू नै आफ्नो आहारमा समावेश गर्न कोसिस गर्नुपर्छ । ती स्थानीय हुन् भन्ने कुरामा पनि ध्यान किनकि हरेक ठाउँको तापक्रम, पानी र हावा फरक हुन्छ र त्यही वातावरण अनुसार हाम्रो शरीर ढल्छ ।
लोकल र सिजनल फलफूल तथा तरकारी सस्ता र स्वास्थ्यका लागि लाभदायक हुन्छन् । बेमौसमका चीजहरू खानबाट बच्नुपर्छ किनकि तिनलाई उमार्न धेरै रासायनिक तथा कीटनाशक प्रयोग हुन्छ जसले शरीरलाई हानि पुर्याउँछ । कोसिस गर्नुहोस् थाली रंगीन र सिजनल होस् ताकि हरेक प्रकारका पोषणहरू शरीरलाई मिलोस् ।
प्रतिक्रिया 4