+
+
Shares

निर्वाचन सुरक्षा : डोल्पामा नेपाली सेनाको हवाई गस्ती

निर्वाचन आउन एकदिन मात्रै बाँकी रहँदा नेपाली सेनाले डोल्पामा निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन नेपाली सेनाले विशेष सुरक्षा रणनीति कार्यान्वयन गरेको छ।
  • कर्णालीका सबै संवेदनशील मतदान स्थलहरूमा हवाई गस्तीमार्फत निगरानी बढाइएको छ।
  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सुरक्षा गस्ती गर्दै मतदातालाई मतदानमा ढुक्क हुन आग्रह गरेका छन्।

२०, फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचन आउन एकदिन मात्रै बाँकी रहँदा नेपाली सेनाले डोल्पामा निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ ।

जिल्लाभर शान्ति सुरक्षा कायम राख्न सेनाले हवाई गस्ती सञ्चालन गरेको संग्राम शार्दल गुल्मका गुल्मपति हरीश शाहीले जानकारी दिए ।

डोल्पा मात्र नभई सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णालीका सबै जिल्लाका संवेदनशील तथा अति संवेदनशील मतदान स्थलहरूमा निर्वाचनको अघिल्लो दिन हवाई गस्तीमार्फत निगरानी बढाइएको उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले जानकारी दिएको छ ।

सेनाले मतदानस्थल तथा आसपासका क्षेत्रमा सवारी साधन, तथा पैदल गस्ती, घोडामार्फत निरीक्षण गरिएको बताएको छ ।

निर्वाचनका लागि जिल्लाभर भयरहित वातावरण सिर्जना गर्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार संयुक्त रूपमा सुरक्षा गस्ती तथा निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी ढकालले आम मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन् छन् ।

आजै गस्तीका लागि माथिल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरमार्फत बिरामी परेका निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मीको उद्धार पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?