२१ फागुन, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।
उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।
सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ । ‘अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन । कसैले पनि मत खसाल्नुभएको छैन,’ सीडीओ मंग्रान्तीले भने ।
उनका अनुसार, प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय आक्रोशित थिए ।
उनीहरूले सोही माग पूरा गर्नुपर्ने अन्यथा भोट नमाग्ने भन्दै मतदान बहिष्कार गरेका हुन् ।
प्रतिक्रिया 4