+
+
Shares

धनकुटामा १२ बजेसम्म १४ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा मध्यान्ह १२ बजेसम्म १४ प्रतिशत मत खसेको छ र १६ हजार ५ सय ५२ मतदाता मतदान गरेका छन्।
  • धनकुटामा जम्मा १ लाख १८ हजार ४ सय २५ मतदाता छन्, जसमा ५९ हजार ४ सय ८३ पुरुष र ५८ हजार ९ सय ४२ महिला छन्।
  • धनकुटामा १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्रमा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

२१ फागुन, धनकुटा  । धनकुटामा मध्यान्ह १२ बजेसम्म  १४ प्रतिशत मत खसेको छ। धनकुटामा जम्मा १६ हजार ५ सय ५२ मत खसेकोमा पुरुष ९ हजार ३ सय ९४ र महिलाको ७ हजार १ सय ५७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । तीमध्ये ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता  छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्रमा मतदान भइरहेको छ। धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?