+
+
Shares

हुम्लामा मतपेटिका नै गुम्बामा लैजान माग गरेपछि विवाद

यहाँको हल्जी गुम्बामा रहेका केही मतदाताका लागि गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका-६ हल्जीस्थित सुनखानी प्राथमिक विद्यालयको मतदान स्थलमा मतपेटिका गुम्बामै लैजानुपर्ने मागले विवाद चर्किएको छ।
  • हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन कर्मचारी र सुरक्षाकर्मीले स्थानीयको माग पूरा नहुने बताएपछि विवाद भएको खुलाउनुभयो।
  • यहाँ २९३ मतदातामध्ये १६४ ले मतदान गरिसकेपछि केही व्यक्तिहरूले गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद भएको छ।

२१ फागुन, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका-६ हल्जीस्थित सुनखानी प्राथमिक विद्यालयको मतदान स्थलमा विवाद चर्किएको छ ।

यहाँको हल्जी गुम्बामा रहेका केही मतदाताका लागि गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद बढेको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले स्थानीयको माग पूरा हुने खालको नभएको बताएपछि विवाद भएको बताए ।

‘यहाँ २९३ मतदातामध्ये १६४ ले मतदान गरिसकेपछि केही व्यक्तिहरूले गुम्बामै मतपेटिका लैजानुपर्ने माग गरेपछि विवाद भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘यो पूरा हुने माग होइन । निर्वाचन कर्मचारीहरूले समाधानका लागि पहल गरिरहनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?