News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन्।
- दैलेखमा सवारी दुर्घटनामा मृत्यु भएका हरिलाल भण्डारीका भाइ रेशम भण्डारीले शोकमा मतदान गरेका हुन्।
- रेशम भण्डारीले 'देशमा केही परिवर्तन आउला, राम्रो नेतृत्व आउला भन्ने आशाले मतदान गर्न आएको हुँ' भने।
२१ फागुन, सल्यान । सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन् ।
जिल्लाको बागचौर नगरपालिका ३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहीबार उनीहरूले मतदान गरेका हुन् ।
६ दिनअघि दैलेखमा भएको सवारी दुर्घटनामा २७ वर्षीय हरिलाल भण्डारीको मृत्यु भएपछि परिवारका सदस्य अहिले क्रिया बसिरहेका छन् । सोही क्रममा मृतकका भाइ रेशम भण्डारीले शोकको अवस्थामै मतदान गरेका हुन् ।
रेशम भण्डारीले देशमा परिवर्तनको आशा राखेर क्रियापुत्रीमा बस्दा पनि मतदान गर्न आएको बताए । ‘घरमा ठूलो पीडा छ, दाजु गुमाएका छौं । तर पनि देशमा केही परिवर्तन आउला, राम्रो नेतृत्व आउला भन्ने आशाले आफ्नो मताधिकार प्रयोग गर्न यहाँ आएको हुँ,” उनले भने ।
परिवार शोकमा रहे पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन उनीहरू मतदान केन्द्र पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4