News Summary
Generated by OK AI. Editorially reviewed.- मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी र बुझाउने कार्य सुरु भइसकेको छ र आजैबाट मतगणना कार्य सुरु हुने छ।
२१ फागुन, महोत्तरी । महोत्तरीमा ५२ प्रतिशत मतदान भएको छ । महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा गरी ५२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार अहिले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी र बुझाउने कार्य सुरु भएको छ । अन्य समन्वय र प्रशासनिक काम समयमै सकिए आजैबाट मतगणना कार्य सुरु हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
४ लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा मतदानका लागि २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र कायम गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4