News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्लामा ३९६३ मतगणना गर्दा ज्ञानेन्द्र शाहीले २१०२ मत प्राप्त गरी अग्रस्थानमा छन्।
- नेकपाका नरेश भण्डारीले ९७२ मत पाएका छन् र राप्रपाका ज्ञानेन्द्र शाही ११३० मतले पछि छन्।
- मतगणना जारी छ र महिला उम्मेदवार रास्वकी विनिता कठायतले २९ मत प्राप्त गरेकी छन्।
२२ फागुन, जुम्ला । जुम्लामा ज्ञानेन्द्र शाहीले २१०२ मत ल्याएर अग्र स्थानमा रहेका छन्। ३९६३ मतगणना गरिसक्दा शाहीले २१०२ मत प्राप्त गरेका हुन्। दोस्रो स्थानमा रहेका नेकपका नरेश भण्डारीले ९७२ मत प्राप्त गरेर राप्रपाका ज्ञानेन्द्र शाहीदेखि ११३० मतान्तरले पछाडि छन्।
त्यस्तै नेपाली काङ्ग्रेसका दीपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २१२ मत प्राप्त गरेका छन्।
जुम्लामा एकमात्र महिला उम्मेदवार बनेकी रास्वकी विनिता कठायतले अहिलेसम्म २९ मत प्राप्त गरेकी छन्।
साथै नेमकिपाका विर्षबहादुर रावतले २८ मत, नेजपाका रनिल विक्रम शाहीले २ मत,नेपाल कम्युनिस्ट पार्टी (माओवादी)उम्मेदवार बिर्खबहादुर शाहीले १ मत र प्रलोपा उम्मेदवार मनऋषि धितालले ३ मत प्राप्त गरेका छन्।
जुम्लामा एकमात्र स्वतन्त्र उम्मेदवार रहेका भक्तबहादुर रावलले अहिलेसम्म १ मत प्राप्त गरेका छन् भने मतगणना कार्य निरन्तर जारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया 4