News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा अग्रता कायम गरेको छ।
- कञ्चनपुर–१ मा रास्वपाका जनक सिंह धामीले २ हजार ५९१ मत प्राप्त गरेका छन्।
- कञ्चनपुर–२ र कञ्चनपुर–३ मा पनि रास्वपाका उम्मेदवार दीपक बोहरा र ज्ञानेन्द्र महताले अग्रता कायम राखेका छन्।
२२ फागुन, कञ्चनपुर । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रता कायम राखेको छ । गत रातिबाट मतगणना जारी भएकोमा सुरुवातदेखि नै रास्वपा उम्मेदवारहरूको अग्रता कायम छ ।
पछिल्लो मत परिणाम अनुसार कञ्चनपुर–१ मा रास्वपाका जनक सिंह धामीले २ हजार ५९१ मत प्राप्त गरेका भने त्यहाँ एमालेका तारा लामा तामाङले १ हजार ६८१ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बिना मगरले १ हजार २१३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका गोपी उपाध्यायले ७५४ मत पाएका छन् । यहाँ हालसम्म ७ हजार ५११ मत गणना भइसकेका छन् ।
त्यस्तै कञ्चनपुर–२ मा रावस्पा उम्मेदवार दीपक बोहरा फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले ७ हजार ३७२ मत ल्याउँदा नेपाली कांग्रेसका एनपी साउदले २ हजार २७० पाएका छन् ।
त्यस्तै एमालेका बचन बहादुर सिंहले १ हजार २१२ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका माधव प्रसाद पन्तले १ हजार ४१३ मत पाएका छन् । १३ हजार पाँच सय ९० मत गणना भइसक्दा त्यहाँ राप्रपा उम्मेदवार तिर्थराज चटौतले २८६ मत ल्याएका छन् ।
कञ्चनपुर–३ मा पनि रावस्पा उम्मेदवार ज्ञानेन्द्र महताले २ हजार १२२ मतसहित अग्रता कामय राखेका छन् ।
कुल ५ हजार २६६ मत गणना हुदाँ एमाले उम्मेदवार डा दीपक प्रकाश भट्टले ९०६, कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले ८८० मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका मान बहादुर सुनारले ५२७ र राप्रपाका उम्मेदवार पुर्ण बहादुर चन्दले १६५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4