+
+
Shares

रास्वपाको छलाङ, कांग्रेस-एमाले-नेकपा हाराहारी

गणना जारी रहेको क्षेत्रमध्ये १०१ क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको अग्रता छ । नेपाली कांग्रेसका १२ जना उम्मेदवार अगाडि रहेका छन् भने नेकपा एमाले ११ र नेपाली कम्युनिस्ट पार्टीका ९ जनाले अग्रता लिइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १६:५९

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले एक/एक सिटमा जित हासिल गरिसकेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना निर्वाचित भएकी छन् भने मुस्ताङ १ बाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

बाँकी गणना जारी रहेको क्षेत्रमध्ये १०१ क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको अग्रता छ । नेपाली कांग्रेसका १२ जना उम्मेदवार अगाडि रहेका छन् भने नेकपा एमाले ११ र नेपाली कम्युनिस्ट पार्टीका ९ जनाले अग्रता लिइरहेका छन् ।

विघटित प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल थियो भने एमाले दोस्रो र नेकपा तेस्रो दल थियो । चौथोमा रास्वपा थियो ।

यसपटक रास्वपाले पहिलो हुने गरी अगाडि बढिरहँदा विघटित प्रतिनिधिसभामा पहिलो, दोस्रो र तेस्रो रहेका तीन दल कांग्रेस, एमाले र नेकपा बराबर जस्तै क्षेत्रमा अग्रगा लिइरहेका छन् ।

ललितपुर-१ मा उदयशमशेर जबरा, कपिलवस्तु-३ मा अभिषेकप्रताप शाह, दैलेख-१ मा बासना थापा, प्युठान – १ मा डा. गोविन्दराज पोखरेल, सुर्खेत – १ मा विष्णुबहादुर खड्का, रसुवा – १ मा मोहन आचार्य, लमजुङ – १ मा गमप्रसाद गुरुङ, जाजरकोट – १ मा खड्कबहादुर बुढा, सिन्धुपाल्चोक – २ मा वंशलाल तामाङ, पाल्पा – २ मा हिमालदत्त श्रेष्ठ, पाँचथर – १ मा नरेन्द्रकुमार केरुङ अग्रता लिइरहेका छन् । यी उम्मेदवारहरू कांग्रेसका उम्मेदवार हुन् ।

एमालेका ९ जना उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।

बाँके – २ मा मोहम्मद इश्तियाक राई, रूपन्देही – ४ मा प्रमोदकुमार यादव, तेहथुम – १ मा भानुभक्त ढकाल, नवलपुर – २ मा तिलबहादुर महत क्षेत्री, सुर्खेत – २ मा कुलमणि देवकोटा, डोटी – १ मा दीपकबहादुर धामी, सिन्धुली – १ मा प्रदीपकुमार कटुवाल क्षेत्री (केसी), कैलाली – २ मा सूर्यबहादुर थापा, दैलेख – २ मा लक्ष्मीप्रसाद पोखरेल, इलाम २ मा सुहाङ नेम्बाङले अग्रता लिइरहेका छन् ।

नेकपाका पनि ९ जना उम्मेदवारले नै अग्रता लिइरहेका छन् ।

रुकुम पूर्व – १ मा पुष्पकमल दाहाल प्रचण्ड, कालीकोट – १ मा महेन्द्रबहादुर शाही, कपिलवस्तु – २ मा बृजेशकुमार गुप्ता, रोल्पा – १ मा वर्षमान पुन, कैलाली – ३ मा वीरमान चौधरी, काभ्रे – १ मा दीननाथ गौतम, अछाम – १ मा भीमबहादुर रावल, धादिङ – २ मा रामबहादुर भण्डारी र सल्यान – १ मा रमेशकुमार मल्लले अग्रता लिइरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?