+
+
Shares

सरकार बनाएको सय दिनभित्रै नतिजा दिनेगरी काम गर्छौं : शिशिर खनाल

निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले मूलत: भ्रष्टाचारको विरोधमा काम गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १७:२९

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफूहरूले सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने बताएका छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले मूलत: भ्रष्टाचारको विरोधमा काम गर्नुपर्ने बताएका छन् ।

आफू घरदैलोमा जाने क्रममा पनि धेरैजसो जनताले सोही कुरा भनेको उनले प्रतिक्रिया दिए ।

‘मूलत : हामीप्रति एकदमै ठूलो अपेक्षा रहेको बुझेका छौं । पछिल्लो डेढ महिनामा घरटोल पुग्दा आम नेपाली जनताले भ्रष्टाचारको विरुद्धमा काम गर्नुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘धेरैले मलाई भन्नुभएको, राम्रो नीति तथा कानुनमा काम गरिदिनुस् है भन्नुभएको छ । सकेसम्म आम जनताले अनूभूत हुनेगरी नै हामी एय दिनभित्रै केही नतिजा दिनेगरी काम गर्नेछौं ।’

साथै, उनले अहिले आएको निर्वाचनको परिणामलाई आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको बताए ।

‘यो जित मुलुकमा आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको मतको रुपमा लिएको छु । जेनजी विद्रोहपछि जसरी तत्कालीन सत्ताधारीहरूले एउटा दम्भ देखाए, ७६ जनाको ज्यान जाँदा पनि जसरी राज्यसत्ता दमनमा उत्रिंदा जसरी ज्यान गयो, त्यसको विद्रोहमा पनि आम नेपाली जनता उत्रिए । राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सुशासन र समृद्धिको बाटो तय गर्न खोजेको रुपमा मैले लिएको छु,’ उनले भनेका छन् ।

उनले जनताले देखाएको अभुतपूर्व जनलहरलाई न्याय हुनेगरी आफूहरूले काम गर्ने बताए ।

‘अभूतपूर्व जनलहर देखिएको छ । त्यसलाई न्याय हुनेगरी हामी काम गर्छौं,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?