+
+
Shares

मोरङ ४ र ६ मा एमाले उम्मेदवारको जमानत जफत

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २३ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवार जीवन घिमिरे र विनोद ढकालको जमानत जफत भएको छ।
  • मोरङ–४ बाट रास्वपाकी सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित र मोरङ–६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्।
  • मोरङ–४ मा कांग्रेसका गुरुराज घिमिरे र नेकपाका अमनलाल मोदीले जमानत जोगाएका छन् भने मोरङ–६ मा कांग्रेसका डाक्टर शेखर कोइरालाले जमानत जोगाएका छन्।

२३ फागुन, विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवारको जमानत जफत भएको छ ।

मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भइन् । क्षेत्र नम्बर ६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् ।

मोरङ ४ मा एमालेका उम्मेदवार जीवन घिमिरे र ६ मा विनोद ढकालको जमानत जफत भएको हो ।

जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
मोरङ–४ बाट कांग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेले १२ हजार ८१८ ल्याउँदा तेस्रो हुँदा नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाए । घिमिरे र मोदीको जमानत जोगिएको छ ।

तर सोही क्षेत्रबाट एमालेका जीवनले ६ हजार ९३३ मत पाए । उनको जमानत जोगिएन ।

मोरङ–४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ ।

मोरङ–६ मा कांग्रेसका डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत ल्याए । क्षेत्र नम्बर ६ मा कोइरालाको मात्रै जमानत जोगिएको छ । ८ हजार ३१७ मतसहित तेस्रो भएका एमालेका ढकालको जमानत जोगिएन् । एमालेसँगै नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भयो । मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?