News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताए।
- अर्यालले आफूहरु सडकमा रहेकाले सरकारबाट बाहिरिएपछि पनि सडकमै रहेर निरन्तर खबरदारी गर्ने बताए।
- जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि त्यसको कार्यान्वयन सरकारले थाल्ने अर्यालले उल्लेख गरे।
२३ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् । अब आउने सरकारले माग पूरा नगरे खबरदारी गर्ने उनको भनाइ छ ।
आफूहरु हिजो पनि सडकमा रहेकाले अब सरकारबाट बाहिरिएपछि पनि सडकमै रहने भएकाले निरन्तर खबरदारी गर्ने उनले बताए ।
‘हामी हिजो पनि सडकमा थियौँ । बीचमा परिस्थितीले कोही सरकारमा भयौँ, कोही बाहिरै रह्यौँ । जो अहिले सरकारमा छौँ, पछि फर्कने भनेको सडकमै हो,’ अर्यालले भने, ‘सडकबाट हामी सरकारलाई सहयोग पनि गर्छौँ र खबरदारी पनि गर्छौँ ।’
जेनजीले सुशासन, भ्रष्टाचार अन्त्य, र सुदृढ सेवा प्रवाहका लागि आन्दोलन गरेकाले अब त्यो छिटै संस्थागन हुने विश्वास अर्यालले गरे ।
सँगसँगै जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि त्यसको कार्यान्वयनको थालनी सरकारले थाल्ने अर्यालले बताए ।
‘अब जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले छिटै नै दिँदै छ । यो सरकारले पनि त्यो प्रतिवेदन कार्यन्वयनको लागि सुरुवात गर्छ,’ अर्यालले भने, ‘त्यसपछि आउने सरकारले पनि त्यसको कार्यान्वयन हुने पूर्ण प्रत्याभूति दिलाउँछ भन्ने हामीलाई विश्वास लागेको छ ।’
प्रतिक्रिया 4