+
+
Shares

केपी ओलीलाई प्रकाश पौडेलको सुझाव- अध्यक्ष पद त्याग्दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष पद त्याग गर्न सुझाव दिएका छन्।
  • पौडेलले अध्यक्ष ओलीलाई नवपुस्ताको चुनौती महशुस गर्न आग्रह गरेका छन्।
  • पौडेलले भने, 'हामीले सक्ने योगदान गर्यौ भनेर नैतिक जिम्मेवारी लिएर पार्टी अध्यक्ष त्याग्दिनुस् केपी बा।'

२३ फागुन, काठमाडौं । नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेनसँग विशाल मतान्तरले पराजित औलीलाई पौडेलले अध्यक्ष पद त्याग्न सुझाव दिएका छन् ।

‘… अब हामीलाई पनि, ल प्रकाश बाबु तिमीहरुले उठाएको पार्टी रिफर्मेसनको मुद्दा ठीक रहेछ, नवपुस्ताले पार्टी चलाउ, हामीले सक्ने योगदान गर्यौ भनेर नैतिक जिम्मेवारी लिएर पार्टी अध्यक्ष त्याग्दिनुस् केपी बा,’ पौडेलले लेखेका छन् ।

पौडेलले अध्यक्ष ओलीलाई जेनजी पुस्ताको चुनौतीलाई महशुस गर्न पनि आग्रह गरेका छन् । ‘गाउँ बस्ती डुल्दा ग्रासरुटका नेता कार्यकता र आम मतदाताले जेनजी आन्दोलनमा शहीदप्रति केपी बाले सहानुभूति नदिनु गल्ती थियो भनेर भनेका छन्,’ पौडेलले लेखेका छन्, ‘ढिला भएपनि महशुस गर्नुस्, यो निर्वाचनमा तपाईलाई नव पुस्ताले चुनौती दिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?