+
+
Shares

पराजयपछि सीके राउतले भने : एक-दुई वर्षमा जनता हामीतिरै आउँछन्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ९:४४
फाइल तस्वीर

२४ फागुन, काठमाडौं । आम निर्वाचनमा व्यहोरेको अनपेक्षित पराजयपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले अहिलेको चुनावी नतिजालाई क्षणिक ‘हावाहुरी’ को संज्ञा दिंदै उनले एक–दुई वर्षभित्रै जनता फेरि आफ्नै पार्टीतिर फर्किने दाबी गरेका छन्।

देशैभरि चलेको नयाँ शक्तिको उभार र स्थापित दलहरूप्रतिको वितृष्णाका कारण आफ्नो पार्टीले पनि क्षति व्यहोर्नुपरेको आशय व्यक्त गर्दै उनले यसलाई कुनै नेता वा उम्मेदवारको कमजोरी नभई ‘विशेष परिस्थितिको उपज’ भनेका छन्। ७०–८० वर्ष इतिहास बोकेका, बृहत् सङ्गठन भएका र मधेस आन्दोलनबाट आएका सबै पार्टीको हालत यतिबेला उस्तै रहेको उनको भनाइ छ।

कार्यकर्तालाई सान्त्वना दिँदै राउतले लेखेका छन्, ‘यस परिणामलाई कसैको व्यक्तिगत उपजका रूपमा नलिएर, परिस्थितिजन्य कुराको रूपमा स्वीकारेर अगाडि बढ्नुहोस्। अलिकति पनि निराश हुनै पर्दैन। जनताले दिएको आदेश स्वीकार गरौँ, जितेकालाई सरकार चलाउन दिऔँ।’

नयाँ दलहरूप्रति देखिएको अहिलेको जनआकर्षण लामो समय नटिक्ने सङ्केत गर्दै उनले सिद्धान्त र एजेन्डामा अडिग रहन जोड दिएका छन्। उनले अगाडि लेखेका छन्, ‘एक-दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लङ्ग हुन्छ, फेरि जनता हामीतिरै आउँछन्। हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेन्डाले हामीलाई चिरकालसम्म समाजमा जीवित राख्दछ।’

अध्यक्ष राउतले हारको विषयलाई लिएर धेरै विश्लेषण र बहसमा नअल्झिन तथा पार्टीभित्र वा बाहिर कसैमाथि पनि आरोप–प्रत्यारोप नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले आफ्नो गाउँठाउँमा सबैसँग विनम्र भएर प्रस्तुत हुन, कसैप्रति रुखो भाषा प्रयोग नगर्न र जनताको चरणमा निरन्तर सेवा जारी राख्न अपिलसमेत गरेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?