+
+
Shares

नुवाकोट-१ मा कांग्रेसका महतलाई पछि पार्दै रास्वपाका तिमल्सिनाको अग्रता

रामहरि गजुरेल रामहरि गजुरेल
२०८२ फागुन २४ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विक्रम तिमल्सिनाले करिब तीन हजार मतले अग्रता लिइरहेका छन्।
  • डा. तिमल्सिनाले १६ हजार २१० मत प्राप्त गर्दा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत १३ हजार ४३३ मतसहित दोस्रो स्थानमा छन्।
  • नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ ९ हजार ६८३ मतसहित तेस्रो र नेकपा (एमाले)का बद्री मैनाली ६ हजार २२८ मतसहित चौथो स्थानमा छन्।

२४ फागुन, नुवाकोट । नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. विक्रम तिमल्सिनाले अग्रता लिइरहेका छन् ।

यसअघि अग्रता लिइरहेका पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई पछि पार्दै तिमल्सिनाले करिब तीन हजार मतले अग्रस्थानमा छन् ।

पछिल्लो मत अपडेटअनुसार तिमल्सिनाले १६ हजार २१० मत प्राप्त गर्दा महतले १३ हजार ४३३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हितबहादुर तामाङ ९ हजार ६८३ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा (एमाले)का बद्री मैनाली छ हजार २२८ मतसहित चौथो स्थानमै खुम्चिरहेका छन् ।

उज्यालो नेपाल पार्टीका अमित तामाङले एक हजार ५५५ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?