+
+
Shares

सांसद त्याग्ने बागमतीका ६ नेता : दुई जना जित्दा तीन पराजित, कुन्दनले टिकट नै पाएनन्

यस पटकको निर्वाचनमा बागमतीकाे प्रदेश सांसदबाट राजीनामा दिए ६ जना प्रतिनिधिसभा निर्वाचनमा लडेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशसभा सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका ६ मध्ये दुई जना मात्र निर्वाचित भएका छन्।
  • नेकपाका युवराज दुलाल सिन्धुपाल्चोक–२ र रास्वपाका सुनिल केसी काठमाडौं–२ बाट प्रतिनिधिसभा निर्वाचन जितेका छन्।
  • एमालेका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र नेकपाका वसन्तप्रसाद मानन्धर पराजित भएका छन्।

२५ फागुन, हेटौँडा । बागमती प्रदेशसभा सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका दुई जनाले मात्रै जितेका छन् । यस पटकको निर्वाचनमा बागमतीकाे प्रदेश सांसदबाट राजीनामा दिए ६ जना प्रतिनिधिसभा निर्वाचनमा लडेका थिए ।

जसमध्ये नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुनिल केसी निर्वाचित भएका छन् । दुलाल सिन्धुपाल्चोक–२ र केसी काठमाडौं–२ बाट निर्वाचित भएका हुन् ।

दुलालले यस पटक २१ हजार ६९९ मत ल्याएका प्रतिनिधिसभा निर्वाचन जितेका छन् । उनी २०७४ र २०७९ मा सिन्धुपाल्चोक २ (१)बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्री भइसकेका छन् ।

केसीले २०७९ को प्रदेशसभा निर्वाचनमा काठमाडौं–२(१)मा राप्रपाबाट प्रदेश सांसद जितेका थिए । यस पटक राजीनामा दिँदै दल बदलेर रास्वपाबाट चुनाव लडेका केसीले ३४ हजार २३८ मत पाएर जित निकाले ।

बागमतीको प्रदेश सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका अन्य तीन जना पराजित हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले टिकट नै पाएनन् ।

पराजित हुनेमा नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ तथा नेकपाका वसन्तप्रसाद मानन्धर छन् । यी तीनै जना बागमती प्रदेश सरकारमा मन्त्री भइसकेका नेता हुन् ।

मास्के एमालेबाट काठमाडौं–६ मा उम्मेदवार थिए । उनी रास्वपाका शिशिर खनालसँग पराजित भए । खनालले २७ हजार ९१६ मतसहित जित निकाल्दा मास्के ४ हजार ५१८ मतसहित तेस्रो भए ।

यस्तै काठमाडौं–७ मा एमालेबाटै चुनाव लडेका अर्का पूर्व प्रदेश सांसद श्रेष्ठ र नेकपाबाट चुनाव लडेका मानन्धर रास्वपाका गणेश पराजुलीसँग पराजित भए । पराजुलीले २७ हजार ८०५ मतसहित जित निकाल्दा तीन हजार ६६७ मतसहित मानन्धर हुँदा तीन हजार ५४४ मत श्रेष्ठ चौथोमा खुम्चिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?