+
+
Shares

गगनले भने- राजीनामा दिन्छु, विश्वले भने- पर्दैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावमा पराजयको जिम्मा लिएर पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको उपसभापति विश्वप्रकाश शर्मालाई जानकारी गराएका छन्।
  • उपसभापति विश्वप्रकाश शर्माले सभापतिको मात्र दोष नभएको र राजीनामा दिए पार्टी झनै अप्ठ्यारोमा पर्ने भएकाले समग्र समीक्षा गर्नुपर्ने बताएका छन्।
  • उपसभापति शर्माले अनलाइनखबरसँगको कुराकानीमा सभापतिले राजीनामा दिन्छु भनेको र छलफल भइरहेको पुष्टि गरेका छन्।

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन् ।

सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा ससभापति थापाले उपसभापति शर्मालाई चुनावमा भोगेको पराजयको जिम्मा लिँदै पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका हुन् ।

‘चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु,’ गगनलाई उदृत गर्दै स्रोतले भन्यो ।

गगनले राजीनामा दिने बताएपछि विश्वले निर्वाचनमा पराजित हुनुमा सभापतिको मात्रै दोष नभएको र अहिले राजीनामा दिँदा पार्टी झन अप्ठ्यारोमा पर्ने बताएका थिए ।

‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केबल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो,’ विश्वलाई उदृत गर्दै स्रोतले भन्यो,’नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ट्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’

उपसभापति अनलाइनखबरसँगको कुराकानीमा पनि सभापतिले राजीनामाबारे कुरा गरेको पुष्टि गरे । ‘सभापतिले राजीनामा दिन्छु भन्नु भएको छ । यही विषयमा छलफल भइरहेको छ,’ उपसभापति शर्माले भने ।

फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । रास्वपाले भने प्रत्यक्षमै १२५ सिट जितेको छ । रास्वपा दुई तिहाइनजिक छ ।

सभापति थापा पनि रास्वपाकै उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । उनी काठमाडौं ४ छोडेर सर्लाही ४ पुगेका थिए । त्यहाँ उनी १२ हजार बढी मतान्तरसहित पराजित भए ।

उपसभापति शर्माले भने यसपटक चुनावै लडेनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?