+
+

कुमारी बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांस दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३१ गते १४:१९

kumari-bank

३१ भदौ, काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई ३३.७४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंकको मंगलबार बसेकाे ७२औं सञ्चालक समिति बैठकले ३३ प्रतिशत (करिव ६० करोड रुपैयाँ बराबर) बोनस सेयर र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकको यो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले स्वीकृत गर्न भने बाँकी नै छ ।

बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ छ ।

गत वर्ष बैंकले ३४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले रिजर्भबाट रकम थपेर बोनस सेयर दिने निर्णय गरेको हो । गत असार मसान्तसम्ममा बैंकसँगे कूल रिजर्भ १ अर्ब १७ करोड रुपैयाँ छ ।

गत वर्षसम्ममा बैंकले २७ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?