+
पीएम कप क्रिकेट :

मल्लको उत्कृष्ट ब्याटिङमा आर्मीले बागमतीलाई हरायो

२०८२ चैत  १५ गते १७:४१ २०८२ चैत १५ गते १७:४१
मल्लको उत्कृष्ट ब्याटिङमा आर्मीले बागमतीलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा कुशल मल्लको अविजित ९० रनको मद्दतमा बागमतीले दिएको २०९ रनको लक्ष्य ७ विकेटको क्षतिमा पूरा गर्‍यो।
  • कुशल मल्लले अन्तिम २ ओभरमा ३५ रन आवश्यक हुँदा ५ छक्का प्रहार गरी आर्मीको जित सुनिश्चित गरे।
  • बागमतीले ४ खेलमा तेस्रो हार बेहोरेको छ भने आर्मीले ४ खेलमा ३ जित र एक खेल नतिजाविहीन खेलेको छ।

१५ चैत, काठमाडौं । कुशल मल्लको शानदार ब्याटिङ मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ ।

२८ ओभरमा घटाइएको खेलमा बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले एक बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मल्लले ५८ बलमा ३ चौका र ८ छक्कासहित अविजित ९० रन बनाए । ओपनर तृतराज दासले ५४ अनि नरेन साउदले २६ रन बनाए ।

बलियो लक्ष्य पछ्याउने क्रममा ११८-५ को अवस्थामा पुगेको आर्मीका लागि मल्लले उत्कृष्ट प्रदर्शन गरे । अन्तिम २ ओभरमा ३५ रन आवश्यक हुँदा मल्लले एक्लै ५ छक्कासहित ३३ रन बनाए । एक रन वाइड अनि एक रन शाहबले जोडे ।

२७औं ओभरमा सन्दीप लामिछानेलाई ३ छक्कासहित २२ रन प्रहार गरेका कुशलले त्यसपछिको ओभरमा रिजन ढकाललाई एक चौका र एक छक्का प्रहार गर्दा २ रन जोडे । १ रन वाइड र १ रन शाहबले जोडे ।

सन्दीपले कुशलको इनिङको प्रंशसा गरे । ‘कुशल नेपालको उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनको आजको इनिङ तारिफयोग्य छ’ सन्दीपले भने ।

आफूले गरेको २७औं ओभर नै खेलको निर्णायक ओभर बनेको सन्दीपको भनाइ थियो । ‘विपक्षी टिमलाई रन चाहिएको थियो, टप एजमा विकेट निकाल्न सकिन्छ कि भनेर गूग्ली बल फाल्ने प्रयास गरेको थिएँ, सफल भएनौं । कुशल धेरै राम्रो खेले’ सन्दीपले थपे ।

बागमतीका लागि इशान पान्डे र बिबेक मगरले २-२ विकेट लिए भने रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

आशुतोष घिरैयाले सर्वाधिक ३८ रन बनाए भने पवन थापाले ३५, बिबेक मगर र सोनु देवकोटाले समान ३० रन बनाए ।

आर्मीका लागि नरेन साउदले ४ विकेट लिए भने शाहब आलम, दुर्गेश गुप्ता र बसिर अहमदले १-१ विकेट लिए ।

प्रतियोगितामा आर्मीले ४ खेल खेल्दा ३ जित निकालेको छ भने एपीएफसँगकोएक खेल नतिजाविहीन भएर अंक बाँडेको थियो ।

बागमतीले भने ४ खेल खेल्दा तेस्रो हार बेहोरेको छ ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय