+

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

२०८२ चैत  १६ गते १८:५४ २०८२ चैत १६ गते १८:५४
स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

आजभोलिको व्यस्त जीवनशैलीमा आफ्नो लागि ताजा र सन्तुलित आहार तयार पार्न गाह्रो भएको छ । यही कारणले गर्दा मानिसहरू घरको खानाभन्दा बाहिरको खानामा बढी निर्भर हुन थालेका छन् । बजारमा स्वस्थ भनेर धेरै खानेकुराका उत्पादनहरू बेचिन्छन्, जसमा नक्कली स्वाद र चिनी नभएको दाबी गरिन्छ । तर यी खानेकुराहरू भनिएजस्तै स्वास्थ्यवर्द्धक छन् त ?

बजारका कुन खानेकुराहरू हाम्रो स्वास्थ्यका लागि हानिकारक छन् ?

१. फ्रुट जुस

हामी स्वस्थ भनेर फ्रुट जुस पिउने गर्छौं । बोतल तथा डिब्बामा बन्द जुसलाई स्वस्थ भनेर बेचिन्छ तर त्यसमा रङ र चिनी मिसाइएको हुन्छ । त्यस्तै, फलफूल पसलमा मिल्ने जुसमा पनि फाइबर हुँदैन ।

डिब्बामा बन्द फ्रुट जुसमा थपिएको चिनी, नक्कली रङ, संरक्षक र स्वाद बढाउने रसायन मिसाइएको हुन्छ । नेपाल र भारतमा बिक्री हुने धेरै जुसमा १०० मिलिलिटरमा १० देखि १५ ग्रामसम्म चिनी हुन सक्छ, जुन कोककोला जत्तिकै वा बढी हुन्छ । ‘१०० प्रतिशत फ्रुट जुस’ भनेर बेचिनेमा पनि रेसा हटाइएको हुन्छ, जसले फलमा भएको प्राकृतिक चिनीलाई ‘स्वतन्त्र चिनी’ बनाउँछ ।
फलफूल पसलको ताजा जुसमा पनि रेसा छानिएर हटाइन्छ ।

फ्रुट जुसले रगतमा चिनीको मात्रा छिटो बढाउँछ, पेट भरिएको अनुभूति कम गर्छ र लामो समयमा तौल बढ्ने, मधुमेह, हृदयरोगको जोखिम बढाउँछ । पूरा फल खाँदा रेसाले पाचन प्रक्रिया ढिलो बनाउँछ, आन्द्राको स्वास्थ्य राम्रो गर्छ र क्यालोरी नियन्त्रणमा सहयोग गर्छ । एउटा सानो गिलास जुस= ३–४ वटा फलको चिनी बराबर हुन्छ, तर रेसा शून्य हुन्छ ।

२.ओट्स

बजारमा पाइने इन्स्टयान्ट ओट्स पनि हामी स्वस्थ्यकर भन्दै खान्छौँ । तर, ओट्सलाई अत्यधिक प्रशोधन गरी तयार गरिएको हुन्छ। बाफमा पकाएर, काटेर र रोल गरेर । यसले रगतमा चिनी बढाउने सूचकांक ‘ग्लाइसेमिक इन्डेक्स’ बढाउँछ । साथै यसको प्याकेटमा चिनी, नुन, नक्कली स्वाद र रङ भरपुर मात्रामा थपिएको हुन्छ, जसले पौष्टिकताको फाइदा घटाउँछ ।

साधारण ओट्सको पौष्टिक तत्व क्यालोरी, प्रोटिन, रेसा सबै प्रकारमा लगभग उस्तै हुन्छ, तर प्रशोधनले रेसाको प्रभावकारिता घटाउँछ । स्टिल कट ओट्स वा पुरानो शैलीका रोल्ड ओट्स कम प्रशोधित हुन्छन् । यिनमा भएको विशेष रेसाले कोलेस्टेरोल घटाउँछ, पाचन सुधार्छ र लामो समयसम्म ऊर्जा दिन्छ । इन्स्टयान्ट ओट्सले रगतमा चिनी छिटो बढाउँछ जसले ऊर्जा घट्ने समस्या निम्त्याउँछ ।

३. ब्राउन ब्रेड

बजारमा ‘ब्राउन’, ‘मल्टिग्रेन’, ‘आटाको ब्रेड’ वा ‘पूर्ण गहुँको ब्रेड’ भनेर बेचिने ब्रेड प्रायः मुख्य रूपमा मैदा परिष्कृत गहुँको पिठोबाट बनेको हुन्छ । यसमा ब्राउन रङ, गुड़ वा नक्कली रङ थपेर दिइन्छ । आटाको प्रतिशत निकै कम २०–३६ प्रतिशतसम्म हुन्छ र रेसा तथा पौष्टिक तत्व पनि न्यून हुन्छ ।

परिष्कृत पिठोले रगतमा चिनी छिटो बढाउँछ । पौष्टिक तत्वको कमी निम्त्याउछ र आन्द्राको स्वास्थ्य बिगार्छ । पूर्ण अनाजको ब्रेडमा पहिलो सामग्री ‘पूर्ण गहुँको पिठो’ लेखिएको हुनुपर्छ र रेसा उच्च हुनुपर्छ । अध्ययनहरूले परिष्कृत अनाजलाई मोटोपन, मधुमेह र हृदयरोगसँग जोडेका छन् ।

४. दही र लस्सी

बजारमा प्याकेट गरिएको स्वादयुक्त दही वा लस्सीमा थपिएको चिनी अत्यधिक हुन्छ । एक पटकको सेवन १००–१५० ग्राममा १०–२० ग्राम वा बढी चिनी हुन सक्छ । साथै नक्कली स्वाद, रङ, स्थिरता दिने रसायन र संरक्षक थपिन्छन् ।

साधारण दही-लस्सीमा प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्य सुधार्छ, प्रोटिन र क्याल्सियम दिन्छ र रोगप्रतिरोधक क्षमता बढाउँछ । बढी चिनीले तौल बढ्ने, इन्सुलिन प्रतिरोध, दाँतको समस्या र चयापचय सम्बन्धी समस्या निम्त्याउँछ । स्वादयुक्त दहीले प्रोबायोटिक्सको फाइदा पनि घटाउँछ । त्यसैले प्याकेटबन्द दही लस्सी किनेर खानु भन्दा घरमै बनाउनु राम्रो हुन्छ ।

५. चिनीरहित भनिएका उत्पादनहरू

आजभोलि धेरै मानिसहरू मोटोपना र मधुमेहबाट बच्न सुगर फ्री खानेकुरा खान्छन्, तर यिनमा कृत्रिम मिठास दिने पदार्थ जस्तै एस्पार्टेम, सुक्रालोज, एसेसल्फेम–के आदि प्रयोग हुन्छन् । यी क्यालोरी–रहित देखिन्छन् तर लामो समयसम्म प्रयोग गर्दा तौल नियन्त्रणमा कुनै फाइदा हुँदैन ।

बरु तौल बढ्ने, मिठासको लोभ बढ्ने, आन्द्राको ब्याक्टेरिया बिगार्ने र पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छन् । केही अध्ययनले यिनलाई हृदयरोग र मधुमेहसँग जोडेका छन् ।

शरीरले केही कृत्रिम मिठासलाई चिनीजस्तै व्यवहार गर्छ । प्राकृतिक विकल्प जस्तै गुड़ वा मह पनि मध्यम मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।

खानेकुरा बजार स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या