+

पीएम कपमा मधेश प्रदेशको अपराजित यात्रा कायमै

२०८२ चैत  १६ गते १३:५६ २०८२ चैत १६ गते १३:५६
पीएम कपमा मधेश प्रदेशको अपराजित यात्रा कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
  • कर्णाली प्रदेशले ३१.२ ओभरमा १२९ रन बनाउँदै अलआउट भएको थियो ।
  • पीएम कपमा हालसम्म ४ खेल खेल्दा मधेश अपराजित छ ।

१६ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले अपराजित यात्रा कायमै राखेको छ ।

सोमबार जनकपुरमा भएको खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य मधेशले २४.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मधेशका लागि निरज यादवले सर्वाधिक ३८ रन बनाए । अरनिको यादव ३२ रनमा अविजित रहे भने मयन यादवले २४ रन बनाए । पवन सर्राफले १७ रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले ३ विकेट लिए भने दिवान पुन र प्रकाश जैशीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१.२ ओभरमा अलआउट हुँदै १२९ रन मात्र बनाएको थियो ।

ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए । अर्जुन घर्तीले २४ तथा बिपिन रावल र दिनेश अधिकारीले समान १८ रन बनाए । कप्तान दिवान पुनले १२ रन बनाए ।

मधेशका आशिक बैठाले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए । विशाल पटेल र अरनिको यादवले २-२ विकेट लिँदा प्रदिप पासवानले १ विकेट लिए ।

पीएम कपमा हालसम्म ४ खेल खेलेको मधेशले ७ अंक जोडेको छ । कोशीसँगको पहिलो खेल वर्षाले रद्द भएर मधेशले अंक बाँडेको थियो । त्यसयता लगातार तेस्रो जित निकालेको हो ।

यता कर्णालीले भने ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा छ ।

पीएम कप क्रिकेट मधेश प्रदेश क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय