+
+
Shares

माइतीघरबाट सुरु भयो एमालेको प्रदर्शन (तस्वीरहरू)

एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ चैत १६ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेको छ।
  • एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरेका छन्।
  • ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो।

१६ चैत, काठमाडौं । नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् ।

यसअघि एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरेका थिए ।

उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।

ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?