+
+
Shares

अपर तमोर हाइड्रोका एक कामदार मृत फेला   

तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

रासस रासस
२०८२ चैत १६ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा कार्यरत ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेका छन्।
  • लिम्बू फागुन ८ गते घर जान्छु भनेर हिँडेका थिए र चैत १ गते खोजतलासका लागि निवेदन परेको थियो।
  • उनको शव फक्ताङलुङ गाउँपालिका–२ को मेथेन खोलमा सडेगलेको अवस्थामा फेला परेको छ र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

१६ चैत, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन् ।

तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गत फागुन ८ गते घर जान्छु भनेर हिँडेका लिम्बू हालसम्म सम्पर्कमा नआएको भन्दै चैत १ गते खोजतलासका लागि हुलियासहित निवेदन परेको थियो ।

सोही आधारमा खोजी कार्य गर्दै जाँदा आइतबार फक्ताङलुङ गाउँपालिका–२ मा मेथेन खोलमा सडेगलेको अवस्थामा लिम्बूको शव फेला परेको ताप्लेजुङका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।

घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको बायाँ हातमा रहेको ट्याटुका आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?