News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खानको आगामी फिल्म 'एसभीसी ६३' मा दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिने भएकी छन्।
- निर्देशक वामशी पेडिपल्लीले एक्सन थ्रिलर फिल्मलाई बलियो भावनात्मक कथासहित ठूलो स्केलमा निर्माण गर्नेछन्।
- फिल्मको छायांकन अप्रिल १४ देखि मुम्बईस्थित सेटबाट सुरु हुने र हिन्दी तथा दक्षिण भारतीय कलाकारको सहभागिता रहनेछ।
मुम्बई । सलमान खानको आगामी फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिने भएकी छन् । यी दुई स्टार पहिलोपटक एउटै पर्दामा सँगै देखिन लागेका हुन् ।
यसपटक सलमानले दक्षिण भारतीय निर्देशक वामशी पेडिपल्ली र निर्माता दिल राजूसँग सहकार्य गरिरहेका छन् । फिल्मलाई हालका लागि ‘एसभीसी ६३’ नाम दिइएको छ । यो एक एक्सन थ्रिलर हुने बताइएको छ ।
सोमबार सलमान र निर्माण संस्था ‘श्री वेंकटेश्वर क्रिएशन्स’ले सामाजिक सञ्जालमार्फत यस प्रोजेक्टको घोषणा गरेका थिए ।
यस फिल्ममार्फत दर्शकले अभिनयका दुई फरक शैली एकैपटक हेर्न पाउने भएका छन् । सलमान आफ्नो विशेष स्वाग र स्टारडमका लागि चिनिन्छन् भने नयनतारा गहिरो, चरित्रमा आधारित अभिनयका लागि चर्चित छिन् ।
निर्माता पक्षको विश्वास छ कि सलमानको स्टार पावर र नयनताराको गम्भीर अभिनयको संयोजनले पर्दामा नयाँ किसिमको केमिस्ट्री सिर्जना गर्नेछ ।
निर्देशन वामशी पेडिपल्लीले गर्दैछन् । उनी ठूलो स्केलमा फिल्म बनाउने र त्यसमा बलियो भावनात्मक कथा जोड्ने शैलीका लागि परिचित छन् । यस फिल्ममा पनि उनले सलमान र नयनताराका आ-आफ्ना विशेषता एउटै ठूलो भिजनमा जोड्ने प्रयास गर्नेछन् । उच्चस्तरीय एक्सनसँगै पात्रबीचको भावनात्मक यात्रा पनि फिल्मको मुख्य आकर्षण रहने बताइएको छ ।
‘एसभीसी ६३’ ठूलो बजेटमा बन्ने एक्सन थ्रिलर फिल्म हो, जसलाई भव्य स्तरमा निर्माण गरिँदैछ । यसमा हिन्दी र दक्षिण भारतीय फिल्म उद्योगका कलाकारको सहभागिता रहनेछ । निर्माताका अनुसार, ‘यो फिल्मले सलमान खानलाई यस्तो अवतारमा प्रस्तुत गर्नेछ, जुन उनका फ्यानले यसअघि कहिल्यै देखेका छैनन् ।’
छायांकन भारतका विभिन्न स्थानमा गरिनेछ । यसको सुटिङ अप्रिल १४ देखि मुम्बईस्थित सेटबाट सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया 4