+
+
Shares

आक्रोश व्यक्त गर्दै एमालेले दियो प्रधानमन्त्रीलाई बधाई

नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ।
  • एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपाकै संलग्नता रहेको भन्दै प्रधानमन्त्रीलाई टिप्पणीसहित बधाई दिएका छन्।
  • थापाले भदौ २३ र २४ मा रास्वपाको अघोषित रंग क्रान्ति सफल भएको र फागुन २१ मा निलोक्रान्ति सम्पन्न भएको बताए।

१९ चैत, काठमाडौं ।  नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ । एमालेका संसदीय दलका नेता रामबहादुर थापाले संसद् बैठकलाई दलीय आधारमा सम्बोधन गर्दै जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् ।

‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो । फागुन २१ गते आम निर्वाचतनमार्फत निलोक्रान्ति सम्पन्न गरियो,’ उनले भने, ‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्त गरियो । नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयी बधाई भन्न चाहन्छु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?