+
+
Shares

भ्रष्टाचार वा अनियमितता भेटिए कार्यालय प्रमुख नै जिम्मेवार : मुख्यसचिव अर्याल

सरकारले, कुनै पनि निकाय वा कार्यालयमा भ्रष्टाचार, मोलाहिजा वा अनियमितता भएमा सम्बन्धित निकायको प्रमुख अनि मन्त्रालयको सचिवलाई नै जिम्मेवारी बनाउने चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भ्रष्टाचार, मोलाहिजा वा अनियमितता भएमा सम्बन्धित निकायको प्रमुख र मन्त्रालयको सचिवलाई जिम्मेवार बनाउने चेतावनी दिएको छ।
  • प्रधानमन्त्री बालेन शाहको निर्देशनमा मुख्यसचिव सुमनराज अर्यालले सबै सचिवलाई भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा राख्न परिपत्र जारी गरेका हुन् ।
  • मुख्यसचिव अर्यालले भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न सबै निकायले आवश्यक पहलकदमी लिन र अनियमितता पाए सम्बन्धित निकायमा सूचना पठाउन निर्देशन दिए ।

१९ चैत, काठमाडौं । सरकारले, कुनै पनि निकाय वा कार्यालयमा भ्रष्टाचार, मोलाहिजा वा अनियमितता भएमा सम्बन्धित निकायको प्रमुख अनि मन्त्रालयको सचिवलाई नै जिम्मेवारी बनाउने चेतावनी दिएको छ ।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा मुख्यसचिव सुमनराज अर्यालले सबै सचिवहरूलाई भ्रष्टाचार नियन्त्रणको काम प्राथमिकतामा राख्न परिपत्र गरेका हुन् ।

मुख्यसचिव अर्यालले बिहीबार एक परिपत्र जारी गरी भ्रष्टाचारको अन्थ्य गर्ने सरकारको प्रतिबद्धतालाई स्मरण गराएका हुन् ।

सार्वजनिक निकायहरुमा हुने नीतिगत, संस्थागत र प्रक्रियागत लगायत सबै भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना सरकारको प्राथमिकता रहेको भन्दै उनले सचिवहरुलाई त्यसको कार्यान्वयन गर्न भनेका हुन् ।

मुख्यसचिवले जारी गरेको परिपत्रमा भनिएको छ, ‘मन्त्रालय-आयोग-कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने गरेका भ्रष्टाचारको अन्त्य गरी नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन र सदाचार कायम गर्न सम्बन्धित सबै निकायले आवश्यक पहलकदमी लिन आवश्यक छ ।’

आफू मातहतका निकायमा हुनसक्ने भ्रष्टाचार र अनियमितताका घटनामाथि निगरानी राख्न निर्देशन दिँदै मुख्यसचिव अर्यालले त्यसको कुनै सूचना पाउनासाथ सम्बन्धित निकायमा पठाउन भनेका छन् ।

त्यसका साथै कुनै निकायमा अनियमितता वा भ्रष्टाचार भएको भेटिए निकाय वा कार्यान्वयन प्रमुखलाई नै प्रारम्भिक रुपमा जिम्मेवार बनाउने चेतावनी समेत दिएका छन् ।

मुख्यसचिव अर्यालले आर्थिक अनियमितता, भ्रष्टाचार रोकथाम र नियन्त्रणका नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका सुझावहरु पठाउन पनि अनुरोध गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?