News Summary
Generated by OK AI. Editorially reviewed.- आर्टेमिस-२ मिसन अन्तर्गत चार अन्तरिक्ष यात्री सवार ओरियोन क्याप्सुलले पृथ्वीको कक्षमा एक दिन बिताएर चन्द्रमातर्फ यात्रा सुरु गरेको छ।
- नासाकी डा. लोरी ग्लेजले ५ मिनेट ५५ सेकेन्ड लामो ट्रान्सलुनार इन्जेक्सन इन्जिन बर्न पूर्ण रूपमा सफल भएको बताउनुभयो।
- क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सनले चन्द्रमाको यात्रा गर्ने पहिलो गैरअमेरिकी नागरिक बनेका छन् र 'मानवताले फेरि एकपटक हामी के गर्न सक्षम छौँ भन्ने प्रमाणित गरेको' बताउनुभयो।
मानव जातिलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने उद्देश्यका साथ सुरु भएको आर्टेमिस-२ मिसनले आज एउटा ठूलो सफलता प्राप्त गरेको छ।
पृथ्वीको कक्षमा एक दिन बिताएपछि चार अन्तरिक्ष यात्री सवार ‘ओरियोन’ क्याप्सुलले आफ्नो मुख्य इन्जिन सफलतापूर्वक प्रज्वलन गरी चन्द्रमातर्फको यात्रा सुरु गरेको छ।
सन् १९७२ को ‘अपोलो’ मिसनपछि मानिस पृथ्वीको कक्षभन्दा बाहिर निस्किएको यो पहिलो पटक हो । नासाकी डा. लोरी ग्लेजका अनुसार ५ मिनेट ५५ सेकेन्ड लामो यो इन्जिन बर्न पूर्ण रूपमा सफल भएको छ। यसलाई प्राविधिक भाषामा ‘ट्रान्सलुनार इन्जेक्सन’ भनिन्छ ।
ओरियोन क्याप्सुलबाट क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सनले मिसन कन्ट्रोललाई राम्रो महसुस गरिरहेको सन्देश पठाएका छन्।
ह्यान्सन चन्द्रमाको यात्रा गर्ने पहिलो गैरअमेरिकी नागरिक समेत बनेका छन् । उनले थपे, ‘मानवताले फेरि एकपटक हामी के गर्न सक्षम छौँ भन्ने प्रमाणित गरेको छ।’
प्रतिक्रिया 4