News Summary
Generated by OK AI. Editorially reviewed.- अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते ७ मध्ये ६ नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन्।
- आबुधाबीस्थित नेपाली दूतावासले घाइते सातै जनासँग सम्पर्क गरी अवस्था बुझिरहेको जनाएको छ।
- इरानले प्रहार गरेको ड्रोन यूएईको वायु रक्षा प्रणालीले अवरोध गरेपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो।
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालीहरूको अवस्थाबारे आबुधाबीस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको जनाइएको छ । घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको उनको पनि अवस्था खतरामुक्त रहेको आबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको लिएर उनीहरुको अवस्थाबारे जानकारी लिएको हो ।
शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो ।
जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए ।

प्रतिक्रिया 4