+
+
Shares

तोलामा २ हजार ६ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको उल्लेख गरेको छ।
  • गत एक सातामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ५० रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ।

२३ चैत, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?