+
+
Shares

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

वन तथा वातावरण मन्त्रालयका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वन तथा वातावरण मन्त्रालयले कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।
  • कृष्णसार लोपोन्मुख वन्यजन्तुमा सूचीकृत छ र यसको संख्या नेपालमा ५०० भन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ।
  • स्थानान्तरणका लागि २० हेक्टर क्षेत्रमा घेराबार र पूर्वाधार निर्माण गरी सुरक्षित वातावरण तयार पारिने छ।

२३ चैत, काठमाडौं । कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो । कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया जिल्लाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवन टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने निर्णय वन मन्त्रालयबाट भएको हो ।

कृष्णसार लोपोन्मुख वन्यजन्तुमा सूचीकृत छ । मन्त्रालयका अनुसार  २०३३ सालमा बर्दिया खैरापुरमा ९ वटामा कृष्णसार सीमित भएको थियो ।

त्यसपछि प्रभावकारी संरक्षणका कारण यसको संख्यामा उल्लेखनीय वृद्धि भएको समेत मन्त्रालयले जनाएको छ । नेपालमा कृष्णसारको संख्या वृद्धि गर्न विगतको दशकमा सदर चिडियाखाना र खैरापुर समेतबाट गरी जम्मा ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा स्थानान्तरण गरिएको थियो, जसबाट  संख्या वृद्धि भई हाल खैरापुर समेतमा गरी नेपालको प्राकृतिक बासस्थानमा ५ सयभन्दा बढी पुगेको समेत मन्त्रालयले जनाएको छ ।

कुनै पनि वन्यजन्तुलाई निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्याशित अवस्था सिर्जना भई एकैचोटि प्रजाति नै लोप हुन सक्ने जोखिम रहने समेत मन्त्रालयको भनाइ छ ।

त्यसैले नेपाल तथा विश्वभरि विभिन्न प्रजातिलाई अन्य स्थानमा स्थानान्तरण गर्ने अभ्यास छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छोटो अवधिमै कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु सोही अभ्यासको परिणाम भएको मन्त्रालयले जनाएको छ ।

यसै अभ्यास र आवश्यकता मध्यनजर गरी मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदन सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा करिब २० हेक्टर क्षेत्रमा घेराबार (इन्क्लोजर) तथा न्यूनतम पूर्वाधार निर्माण गरी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?