+

होमलाल र निर्मलाले जिते मुन्दुम ट्रेलको उपाधि

२०८२ चैत  २४ गते ९:०८ २०८२ चैत २४ गते ९:०८
होमलाल र निर्मलाले जिते मुन्दुम ट्रेलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रथम मुन्दुम ट्रेल रेस ६० किमी पुरुषतर्फ नेपाल आर्मीका होमलाल श्रेष्ठले ६ घण्टा ५० मिनेट ४६ सेकेण्डमा जितेका छन् ।
  • महिला ६० किमी अल्ट्रा रेस खोटाङकी निर्मला राईले ८ घण्टा २० मिनेट ०३ सेकेण्डमा पहिलो स्थान हासिल गरिन् ।
  • मुन्दुम अल्ट्रा ट्रेल रेस भोजपुरमा आयोजना भएको थियो ।

२४ चैत, काठमाडौं । प्रथम मुन्दुम ट्रेल रेसको उपाधि होमलाल श्रेष्ठ र निर्मला राईले जितेका छन् ।

नेपाल आर्मीका होम लाल श्रेष्ठले पुरुष ६० किमी अल्ट्रा र खोटाङकी निर्मलाको महिला ६० किमी अल्ट्रातर्फ पहिलो स्थान हासिल गरेका हुन् ।

होमलाल श्रेष्ठले निर्धारित दूरी ६ घण्टा ५० मिनेट ४६ सेकेण्डमा पूरा गरे । यस्तै दोस्रो भएका अर्जुनल कुलुङ राईले ६ घण्टा ५६ मिनेट ०३ सेकेण्ड तथा तेस्रो भएका मिलन राईले ७ घण्टा ६ मिनेट ०३ सेकेण्ड समयमा दौड पूरा गरे ।

महिलातर्फ विजेता निर्मलाले निर्धारित दूरी ८ घण्टा २० मिनेट ०३ सेकेण्डमा पूरा गरिन् । दोस्रो भएकी आस्मा विकले ९ घण्टा २१ मिनेट ३२ सेकेण्ड तथा तेस्रो भएकी आङ फुर्बा शेर्पाले १० घण्टा ५६ मिनेट १२ सेकेण्ड समय लगाइन् ।

मुन्दुम अल्ट्रा ट्रेल आयोजक समितीको आयोजनामा प्रथम प्रथम मुन्दुम ट्रेल रेस भोजपुरमा आयोजना भएको हो ।

भोजपुरको सबैभन्दा धेरै तापक्रम भएको ठाउँ अरुण नदिको छेउबाट सुरु भई भोजपुरकै सबैभन्दा अग्लो स्थानमा रहेको पाँचधारे तावा भन्ज्याङमा पुगेर रेस समापन भएको थियो ।

६० किमीतर्फ पहिलो हुनेले ८० हजार, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पुरस्कार प्राप्त गरे ।

त्यस्तै ४५ कीमीतर्फ नेपाल आर्मीकै गोपाल तामाङ प्रथम, पाँचथरका रमेश लिम्बु दोस्रो र भोजपुरका उमेश राई तेस्रो भए ।

४५ किमी महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु प्रथम, आर्मीकी राज्यलक्ष्मी रावल दोस्रो र रुस्मा राई तेस्रो भइन् ।

४० किमीतर्फ विजेताले नगद ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार प्राप्त गरे ।

मुन्दुम ट्रेल रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय