+
+
Shares

मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ चैतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मगर महिला संघ केन्द्रीय समितिले २७ देखि २९ चैतसम्म काठमाडौंमा आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जानकारी गराएको छ।
  • महाधिवेशनको मूल नारा “आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान” तय गरिएको छ।
  • अध्यक्ष हिरुसरा रानाले उद्घाटन राष्ट्रिय सभागृहमा र समापन पर्यटन बोर्ड, भृकुटीमण्डपमा हुने जानकारी दिइन्।

२५ चैत, काठमाडौं । नेपाल मगर महिला संघ केन्द्रीय समितिले आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले २७ चैतदेखि काठमाडौंमा महाधिवेशन गर्ने जानकारी गराएको हो ।

समितिका अनुसार महाधिवेशनको मूल नारा “आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान” भन्ने तय गरिएको छ ।

संघकी अध्यक्ष हिरुसरा रानाका अनुसार उद्घाटन कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने समापन २९ चैतमा पर्यटन बोर्ड, भृकुटीमण्डपमा गरिनेछ ।

कार्यक्रम बागमती प्रदेशका विभिन्न प्रतिनिधि, संघसंस्थाका अगुवा, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने उनले जानकारी दिइन् ।

महिलाहरूको हकअधिकार, समानता र पहिचानका मुद्दालाई केन्द्रमा राख्दै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?